२०८३, कार्तिक १३ गते शुक्रबार

हवाई उडानको अध्ययन गर्न छानविन समिति गठन

हवाई उडानको अध्ययन गर्न छानविन समिति गठन


  • मेरोभ्यूज
  • आश्विन १३, २०७८ बुधबार

  • हवाई उडानको अध्ययन गर्न छानविन समिति गठन
     

    काठमाडाैं । सरकारले मुलुकको हवाई उडान सेवालाई थप सुदृढ, सुरक्षित र प्रभावकारी बनाउन छानविन समिति गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज भएको बैठकले पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको हो ।

    समितिको सदस्यमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वनिर्देशक भेषराज सुवेदी, वरिष्ठ क्याप्टेन कृष्णबहादुर पौडेल र पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल र सदस्य सचिवमा प्राधिकरणका प्रबन्धक लक्ष्मण देवकोटा रहेकाे पर्यटन मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    नेपालमा आन्तरिक उडान भर्ने वायुसेवा कम्पनीका हवाइजहाज र हेलिकप्टरमा विभिन्न समस्या देखापरेका सन्दर्भमा जहाजको भौतिक, यान्त्रिकलगायतको अवस्था अध्ययन गर्न समिति बनाइएको हो । तीन महिनाभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी पाएको समितिले नेपालमा सञ्चालन हुने वायुयानको भौतिक र यान्त्रिक अवस्थाको अध्ययन, अनुसन्धान गरी सुझाव दिने मन्त्रालयले जनाएको छ ।

    समितिले नेपालको आकाशमा आन्तरिक तथा बाह्य उडान भर्ने सम्पूर्ण वायुयानको भौतिक, यान्त्रिक र अभिलेखीय अवस्थाको अध्ययन अवलोकन अनुसन्धान गरी सबै वायुयानको सम्परीक्षण गर्नेछ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) बाट स्वीकृत मापदण्ड वायुसेवा कम्पनीले पालना गरेको वा नगरेका बारेमा प्राधिकरणले गरेको परीक्षण प्रतिवेदनकोसमेत पुनरावलोकन गर्ने जिम्मेवारी समितिलाई छ ।

    त्यस्तै वायुयान चालक दलका सदस्यसम्बन्धी मापदण्ड पालना भएको वा नभएका बारेमा पनि समितिले परीक्षण गर्नेछ । प्राधिकरणले पालना गर्नुपर्ने सुरक्षासम्बन्धी कामको अध्ययन गरी हवाइ सुरक्षाको गुणस्तर बढाउन समितिले सुझाव दिनेछ । नेपालको हवाई सेवालाई भरपर्दो र विश्वसनीय बनाई आम नागरिक र पर्यटकको सुरक्षा सुनिश्चित गर्नुपर्ने दायित्व हुन्छ ।

    नेपालमा सञ्चालित हवाइजहाज र हेलिकप्टरमा विभिन्न समयमा समस्या देखिने गरेको छ । यही सोमबार काठमाडौँबाट विराटनगरका लागि उडान भरेको बुद्ध एयरको जहाजको ल्यान्डिङ गियरसँग सम्बन्धित समस्याका कारण विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि पुनःकाठमाडौँ फर्काएर सामान्य अवस्थामा अवतरण गराइएको थियो ।


    प्रकाशित : बुधबार, आश्विन १३ २०७८०४:२६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार