२०८३, कार्तिक १२ गते बिहीबार

सुनसरीमा घट्दै गहुँखेती, बढ्दै मकैखेती

सुनसरीमा घट्दै गहुँखेती, बढ्दै मकैखेती


  • मेरोभ्यूज
  • पौष १७, २०८१ बुधबार

  • सुनसरीमा घट्दै गहुँखेती, बढ्दै मकैखेती

    इनरूवा, सुनसरी । सुनसरी भोक्राहा नरसिंह गाउँपालिका-६ का नगेन्द्रकुमार साह पहिले एक बिघा दस कट्ठामा गहुँखेती गर्थे ।

    उनले रू एक लाखदेखि एक लाख ५० हजारको लागतमा एक बिघा दस कट्ठामा गहुँखेती गर्दै आएको थियो । उनले गहुँखेतीबाट वार्षिकरूपमा दस क्विन्टलदेखि १५ क्विन्टलसम्म उत्पादन गर्दै आएको थियो । उनलाई गहुँबाट वार्षिकरूपमा रू ७२ हजार आम्दानी हुँदै आएको थियो ।

    पछिल्लो समय साह गहुँखेती छोडेर मकैखेती सुरू गरेका छन् । रू एक लाखदेखि एक लाख ५० हजारको लगानीमा गरेको मकैखेतीबाट रू चार लाखसम्म आम्दानी गर्ने लक्ष्यका साथ एक बिघा दस कट्ठामा मकैखेती गरेको उनले जानकारी दिए ।

    मकैखेतीबाट वार्षिकरूपमा एक सयदेखि एक सय वीस क्विन्टलसम्म उत्पादन गरेर वार्षिकरूपमा रू चार लाख आम्दानी हुने गरेका कारणले पछिल्लो समय मकैखेतीतर्फ आकर्षित भएको साहले जानकारी दिए ।

    गहुँखेतीमा कम उत्पादन हुने र कम आम्दानी हुने गरेका कारणले पछिल्लो समय मकैखेतीतर्फ आकर्षित भएको साहको भनाइ रहेको छ । साह सुनसरीका लागि उदाहरणका पात्र मात्र हुन ।

    पछिल्लो समय सुनसरी सदरमुकाम इनरूवासहित भोक्राहा, हरिनगर, बर्जु, गढी र देवानगञ्ज गाउँपालिकाका कृषक मकैखेतीतर्फ बढी आकर्षित भएका छन् ।

    जिल्लामा पछिल्लो समय वार्षिकरूपमा गहुँखेती गर्ने कृषकको सङ्ख्या क्रमिकरूपमा घट्दै गएको छ भने मकैखेती गर्ने कृषकको सङ्ख्या बढ्दै गएको कृषि ज्ञान केन्द्र इनरूवा सुनसरीका प्रमुख निलकमल सिंहले जानकारी दिए ।

    आर्थिक वर्ष २०८०/०८१ मा सुनसरीमा १२ हजार दुई सय ४८ हेक्टर क्षेत्रफलमा गहुँखेती भएकोमा आव २०८१/०८२ मा १२ हजार एक सय २५ हेक्टर क्षेत्रफलमा किसानले गहुँखेती गरेको कार्यालय प्रमुख सिंहले जानकारी दिए ।

    त्यसैगरी आव २०८०/०८१ मा सुनसरीमा दस हजार छ सय ४१ हेक्टर क्षेत्रफलमा मकैखती गरेका र यस आवमा लगाउने क्रम जारी रहेका कारणले यसमा वृद्धि हुने उनले जानकारी दिए ।

    आव २०८०/०८१ मा तीन दशमलव ३७ मेट्रिक टन गहुँको उत्पादकत्व रहेकोमा सोही आर्थिक वर्षमा सात दशमलव आठ मेट्रिक टन प्रतिहेक्टर मकैको उत्पादकत्व रहेको सिंहले जानकारी दिए ।

    मकैखेतीमा उत्पादकत्व बढी हुनु, बजार भाउ बढी पाउनु र कुखुराको दाना बनाउनका लागि प्रयोग गर्नुलगायतका कारणले बढी मात्रामा जिल्लाका किसान मकैखेती गर्ने गरेको कृषि ज्ञान केन्द्रका प्रमुख सिंहले जानकारी दिए ।

    सुनसरीमा हाइब्रिड ३३, ५५, ७७, रामपुरकम्पोजीट, कारगील, अलराउण्डरलगायतका जातका मकैखेती हुने गरेको कृषि ज्ञान केन्द्रका प्रमुख सिंहले जानकारी दिए ।


    प्रकाशित : बुधबार, पौष १७ २०८११०:२७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार