२०८३, कार्तिक १३ गते शुक्रबार

प्राविधिक प्रहरी नायब महानिरीक्षकलाई दर्ज्यानी चिह्न प्रदान

प्राविधिक प्रहरी नायब महानिरीक्षकलाई दर्ज्यानी चिह्न प्रदान


  • मेरोभ्यूज
  • पौष १८, २०७८ आइतबार

  • प्राविधिक प्रहरी नायब महानिरीक्षकलाई दर्ज्यानी चिह्न प्रदान

    काठमाडाैं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले हालै पदोन्नति भएका दुई प्राविधिक प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

    नेपाल सरकार गृह मन्त्रालय (मन्त्रीस्तर)को २०७८ पुस १६ गतेको निर्णयले पुस १४ गतेबाट लागू हुने गरी चिकित्सकतर्फ प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकबाट प्राविधिक प्रहरी नायब महानिरीक्षक पदमा पदोन्नति भएका प्राविधिक प्रहरी नायब महानिरीक्षकद्वय डा सञ्जय बिक्रम श्रेष्ठ र डा गोपेशकुमार ठाकुरलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।

    प्रहरी महानिरीक्षक क्षेत्रीले विरामीलाई सेवा सुविधा तथा रोगको निदान गर्ने चिकित्सकको पेशागत धर्मलाई मनन गरी उनीहरूप्रति सदैव मर्यादित एवम् देवतुल्य व्यवहार गर्नेतर्फ चनाखो हुन निर्देशन पनि दिए । उनले पदोन्नतिसँगै जिम्मेवारीसमेत बढ्ने भएकोले आफ्नो कार्य क्षमतालाई फराकिलो बनाइ सङ्गठनले खोजेको र सेवाग्राहीले पाउने उपचार पद्धतीलाई अझै उत्कृष्ट बनाउन पनि आग्रह गरे । 


    प्रकाशित : आइतबार, पौष १८ २०७८०९:०९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार