२०८३, कार्तिक १२ गते बिहीबार

बागलुङमा बन्यो पाँच शय्याको अस्पताल भवन

बागलुङमा बन्यो पाँच शय्याको अस्पताल भवन


  • मेरोभ्यूज
  • आश्विन ३०, २०८१ बुधबार

  • बागलुङमा बन्यो पाँच शय्याको अस्पताल भवन

    बलेवा, बागलुङ । काठेखोला गाउँपालिका-६ बिहुँमा अस्पताल सञ्चालन गर्नेगरी निर्माण भएको स्वास्थ्यचौकी भवन सम्बन्धित निकायलाई हस्तान्तरण भएको छ ।

    सघन सहरी तथा भवन निर्माण आयोजनाले काठेखोला गाउँपालिका–६ का अध्यक्ष तथा स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष वृहस्पति कँडेललाई भवनको साँचो हस्तान्तरण गरे । दुई तले भवनमा सना–ठूला ५३ वटा कोठा छन् ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको रु छ करोड १२ लाखको लागतमा उक्त भवन निर्माण भएको हो । “भवनको जिम्मेवारी लिएका छौँ, स्वास्थ्यमन्त्रीबाट उद्घाटन गराएपछि नयाँ भवनबाट सेवा प्ररम्भ हुन्छ”, अध्यक्ष कँडेलले भने, “पाँच शय्याको अस्पताल सञ्चालन गर्ने योजना छ, जनशक्ति व्यवस्थापनपछि अस्पताल सञ्चालन गरिने छ ।”


    प्रकाशित : बुधबार, आश्विन ३० २०८१११:२९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार