२०८३, कार्तिक १२ गते बिहीबार

विद्युतीय जोखिम कम गर्न श्रमदान

विद्युतीय जोखिम कम गर्न श्रमदान


  • मेरोभ्यूज
  • आश्विन ८, २०८१ मंगलबार

  • विद्युतीय जोखिम कम गर्न श्रमदान

    भोजपुर । विद्युतीय जोखिम न्यूनीकरण गर्न भोजपुरका स्थानीयवासीले श्रमदान गरेर झाडी हटाएका छन् ।

    रूखले विद्युतीय तार छुँदा हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राखेर उनीहरुले रूख तथा झाडी हटाएका हुन् ।

    अरुण गाउँपालिका–७ सिक्रेटारका स्थानीयले विद्युत् अवरुद्ध समस्या तथा रूखले तार छोएपश्चात् दुर्घटनाको सम्भावना बढेकोले श्रमदान गरेर झाडी हटाएका हुन् ।

    श्रमदान अभियान सञ्चालन गरेर विद्युत् लाइन आसपासमा रहेका रूख बिरुवा हटाउने तथा छाँटकाँट गर्ने काम गरिएको वडा नं–७ का वडा अध्यक्ष कुमार थापाले बताए ।

    वडा कार्यालयको अगुवाइमा भएको यो अभियानमा स्थानीयहरु भेला भएर वडाका सबै टोलबस्तीहरुमा रहेको विद्युतको तार तथा पोलहरुमा छोएका रूख बिरुवाहरु हटाउने छाँटकाँट गर्नेलगायतका काम गरिएको वडा अध्यक्ष थापाको भनाइ छ ।

    “श्रमदानमार्फत वडाभित्रका विभिन्न काममा जुटिरहेका छौँ,” उनले भने, “खास गरेर रूखले विद्युतीय तारमा छोएर हुने सम्भावित जोखिमलाई ध्यानमा राखेर आवश्यक काम गरेका छौँ । त्यस्तै सडक मर्मत तथा सरसफाइको कामलाई पनि अघि बढाएका छौँ ।”


    प्रकाशित : मंगलबार, आश्विन ८ २०८१०८:१५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार