२०८३, कार्तिक १३ गते शुक्रबार

भारतमा किन छापिएको थियो शून्य रुपैयाँको नोट

भारतमा किन छापिएको थियो शून्य रुपैयाँको नोट


  • मेरोभ्यूज
  • पौष १२, २०७८ सोमबार

  • भारतमा किन छापिएको थियो शून्य रुपैयाँको नोट

    काठमाडाैं । प्रत्येक नोटको आफ्नो मूल्य हुन्छ । सोही मूल्यका आधारमा सर सामग्री किनबेच हुने गर्छ । तर शून्य दरको नोटको मूल्य के त ? यस्तो नोट पनि छापिएको थियो भन्ने थाहा पाउँदा अचम्म लाग्ला । तर यो वास्तविकता हो ।  भारतमा विभिन्न दरका नोट छापिए जस्तै शून्य दरको नोट पनि छापिएको थियो । हाल भारतमा विभिन्न दरका नोट छापिने गरेको छ । यसमा १ रुपैयाँको नोटदेखि २ हजार रूपैयाँसम्मका छन् । तर भारतमा शून्य दरको नोट किन छापिएको थियो  भन्नेबारे कौतुहल जाग्यो होला । यसबारे जानकारी लिऔं ।

    शून्य दरको नोटमा पनि महात्मा गान्धीकै तस्बिर छापिएको थियो । यो बिल्कूल अन्य नोट जस्तै देखिन्छ । तर तपाईंको मनमा प्रश्न उब्जिएका होलान् कि आखिर शून्य दरको नोट किन छापियो ? यो नोटको प्रयोग के होला ? रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले यो नोट छापेको थिएन । यी नोटलाई भ्रष्टाचारविरुद्ध एक अभियानअन्तर्गत छापिएको थियो ।

    यो शून्य रुपैयाँको नोट छाप्ने विचार दक्षिण भारतको एक गैर सरकारी संगठन (एनजीओ) को थियो । २००७ मा भ्रष्टाचारको बिरुद्धमा यो नोटलाई हतियारको रुपमा सुरु गरिएको थियो । तमिलनाडूमा काम गर्ने यो एनजीओले करिब ५ लाख शून्य दरको नोट छापेको थियो । यी नोटहरु हिन्दी, तेलेगु, कन्‍नड र मलयालम गरी ४ भाषामा छापिएको थियो । जसलाई जनतामाझ बाँडिएको थियो ।

    यो नोटमा भ्रष्टाचारको बिरुद्धमा कयौं सन्देश लेखिएका थिए । यो नोटमा लेखिएको थियो, ‘ भ्रष्टाचार अन्त्य गरौँ, यदि कोही घुस माग्छन् भने यो नोट दिनुस् र घटना बारे हामीलाई जानकारी दिनुस् ।’  यो नोटमा भारत स्वतन्त्रता अभियानका नेता महात्मा गान्धीकै फोटो राखिएको थियो र मुनी पट्टी एनजीओको फोन नम्बर र इमेल आईडी राखिएको थियो ।

    एनजीओले यो शून्य रुपैयाँको नोट बनाउँथे र घुस माग्ने व्यक्ति दिने गर्दथे । शून्य रुपैयाँको नोट भ्रष्टाचारको बिरुद्धको एक प्रतीक थियो ।


    प्रकाशित : सोमबार, पौष १२ २०७८०९:२१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार