२०८३, कार्तिक १३ गते शुक्रबार

सनराइज बैंकले विस्तार गर्‍यो थप तीन शाखारहित बैंकिङ सेवा

सनराइज बैंकले विस्तार गर्‍यो थप तीन शाखारहित बैंकिङ सेवा


  • मेरोभ्यूज
  • पौष १२, २०७८ सोमबार

  • सनराइज बैंकले विस्तार गर्‍यो थप तीन शाखारहित बैंकिङ सेवा

    काठमाडाैं । सनराइज बैंक लिमिटेडले थप तीन शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ । बैंकले उदयपुरको चौदण्डीगढी नगरपालिका–१० हडिया, सुनसरीको दुहबी नगरपालिका–८ जुटमिल चोक  र कैलालीको भजनी नगरपालिका–४ खैलाडमा बैंकिङ सेवा सुरु गरेको हो । शाखारहित बैंकिङ सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ संख्या ८३ पुगेको छ ।

    सनराइज बैंकले बैंकिङ पहुँच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ सुविधा पुर्‍याउने उद्देश्यले शाखारहित बैंकिङ सेवा विस्तार गर्दै आएको छ । बैंकले सेवा सञ्चालनका लागि जुटमिल चोकका अमन कुमार शाह, खैलाडका स्थानीय व्यवसायी जितेन्द्र चौधरी र हडियाका तारानाथ पौडेललाई व्यावसायिक प्रतिनिधिका रूपमा नियुक्त गरेको छ ।

    शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवा समेत उपलब्ध गराइनेछ । बैंकले हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १६१ वटा एटीएम र ८३ वटा शाखारहित बैंकिङ सेवामार्फत सेवा प्रदान गर्दै आइरहेको छ । 


    प्रकाशित : सोमबार, पौष १२ २०७८०८:५४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार