२०८३, कार्तिक १३ गते शुक्रबार

कतारमा श्रमिकको तलब वृद्धि, न्यूनतम ५० हजार पाउने

कतारमा श्रमिकको तलब वृद्धि, न्यूनतम ५० हजार पाउने


  • मेरोभ्यूज
  • पौष १२, २०७८ सोमबार

  • कतारमा श्रमिकको तलब वृद्धि, न्यूनतम ५० हजार पाउने

    काठमाडाैं । कतार सरकारले विदेशी श्रमिक तलब वृद्धि गरेको छ । कतार सरकारले एक हजार रियालभन्दा कम पारिश्रमिक भएका आप्रवासी श्रमिकको पारिश्रमिकमा एक हजार रियालले वृद्धि गरेको हो । नेपालस्थित कतारी दूतावासले सार्वजनिक गरेको प्रतिवेदनमा प्रतिमहिना एक हजार रियाल अर्थात् ३० हजार रुपियाँभन्दा कम आम्दानी भएका श्रमिकको तलब एक हजार ८०० रियाल अर्थात् ५० हजार रुपियाँभन्दा बढी पुगेको जनाइएको छ ।

    दूतावासका अनुसार अब खानबस्नको राम्रो व्यवस्था भएका कम्पनीले महिनावारी एक हजार रियल तलब दिनुपर्ने र यस्तो व्यवस्था नभएका रोजगारदाताले मासिक एक हजार ८०० रियाल दिनैपर्ने बाध्यकारी व्यवस्था लागू गरेको छ । यसले कतारमा रहेका लगभग एक हजार रियालभन्दा कम पारिश्रमिक लिएर काम गरिरेका एक लाखभन्दा बढी नेपालीले लाभ लिनेछन् ।

    कतारको श्रम मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार नयाँ तलबमान व्यवस्था लागू भएपछि एक हजार रियालभन्दा कम पारिश्रमिक पाइरहेका तीन लाख आठ हजार १४६ जनाले एक हजार ८०० रियाल पारिश्रमिक पाउन थालेका छन् । याे समाचार आजकाे गाेरखापत्र दैनिकमा छापिएकाे छ ।


    प्रकाशित : सोमबार, पौष १२ २०७८०७:५०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार