२०८३, कार्तिक १२ गते बिहीबार

नेपालमा थप एक जनामा ‘ओमिक्रोन’ भेरियन्ट पुष्टि

नेपालमा थप एक जनामा ‘ओमिक्रोन’ भेरियन्ट पुष्टि

२१७ सङ्क्रमित, २७२ सङ्क्रमणमुक्त


  • मेरोभ्यूज
  • पौष ७, २०७८ बुधबार

  • नेपालमा थप एक जनामा ‘ओमिक्रोन’ भेरियन्ट पुष्टि

    काठमाडाैं । नेपालमा थप एक जनामा कोरोना भाइरसको ‘ओमिक्रोन’ भेरियन्टको सङ्क्रमण पुष्टि भएको छ । नियमित जिन सिक्वेन्सिङका क्रममा आज एक जनामा ओमिक्रोन र २२ जनामा डेल्टा भेरियन्ट पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    ओमिक्रोन पुष्टि भएका ९८ वर्षीय वृद्ध आफ्नै घरमा आइसोलेसनमा रहेको मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्रले जानकारी दिइन् । यसअघि नेपालमा एक जनामा यो भेरियन्ट पुष्टि भएको थियो ।

    गत २४ घण्टामा कूल सात हजार २३३ नमूनाको पीसीआर परीक्षण गर्दा २१७ जना सङ्क्रमित भएका पाइएको छ । चार हजार ४३ जनाको एन्टिजीन परीक्षण गर्दा १९ जनामा सङ्क्रमण पुष्टि भएको पनि मन्त्रालयले जनाएको छ ।

    त्यसैगरी पछिल्ला २४ घण्टामा २७२ जना सङ्क्रमणमुक्त भएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ । चार हजार ९४८ होम आइसोलेसन र संस्थागत २३७ गरी पाँच हजार १८५ जना आइसोलेसनमा रहेका बताइएको छ ।


    प्रकाशित : बुधबार, पौष ७ २०७८०९:५२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार