२०८३, कार्तिक १३ गते शुक्रबार

‘तस्विर पुस्तकमा पनौती पहिले र अहिले’

‘तस्विर पुस्तकमा पनौती पहिले र अहिले’


  • मेरोभ्यूज
  • पौष ६, २०७८ मंगलबार

  • ‘तस्विर पुस्तकमा पनौती पहिले र अहिले’

    काभ्रेपलाञ्चाेक । झण्डै ५० वर्षअघिको पनौती र आजको पनौतीलाई नयाँ पुस्ताले अब तस्विर पुस्तकमा देख्न पाउने भएका छन् ।

    विसं २०२८ सालतिरको पनौतीका धार्मिक–सांस्कृतिक स्थल, मठमन्दिर देखेर प्रभावित भएका एकजना फ्रान्सेली समाजसेवकको प्रयासमा फ्रान्स सरकारको उदार सहयोगमा त्यहाँका मन्दिर देवलको पुनर्निर्माण तथा त्यसबेलाको पनौतीलाई छविकार प्रशान्त श्रेष्ठका तस्विरले पुस्तकको आकार पाएका हुन् ।

    पनौती नगरपालिकाका प्रमुख भीम न्यौपाने, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन र नेपालका लागि फ्रान्सका राजदूत जिल बुरबाओले आज ललितपुरस्थित फ्रान्सेली केन्द्रमा आयोजित एक कार्यक्रममा ‘पनौती १९७०–२०२० ए फोटोबुक’ संयुक्तरुपमा विमोचन गरे ।

    त्यसअवरमा राजदूत बुरबाआले फ्रान्स–नेपाल सम्बन्ध सरकारीस्तरका साथै जनस्तरमा पनि सुमधुर रहेको बताउँदै त्यसलाई थप प्रगाढ तुल्याउन आफू प्रतिबद्ध रहेको बताए । उनले नेपालका कला र सांस्कृतिक सम्पदाबाट आफू प्रभावित भएको बताए ।


    प्रकाशित : मंगलबार, पौष ६ २०७८०९:५८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार