२०८३, कार्तिक १३ गते शुक्रबार

वैदेशिक रोजगारमा जानेलाई कोभिड विरुद्धको खोप उपलब्ध गराउन आइओएमसँग श्रममन्त्रीको आग्रह 

वैदेशिक रोजगारमा जानेलाई कोभिड विरुद्धको खोप उपलब्ध गराउन आइओएमसँग श्रममन्त्रीको आग्रह 


  • मेरोभ्यूज
  • पौष १, २०७८ बिहीबार

  • वैदेशिक रोजगारमा जानेलाई कोभिड विरुद्धको खोप उपलब्ध गराउन आइओएमसँग श्रममन्त्रीको आग्रह 

    काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा जाने नेपालीलाई कोरानाविरुद्धको खोप उपलब्ध गराउन आइओएमलाई आग्रह गरेका छन् । 

    अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन (आइओएम) का नेपाल प्रमुख लोरेना ल्यान्डोले आज मन्त्रालयमा गरेको भेटमा मन्त्री श्रेष्ठले उक्त आग्रह गरेका हुन् । उनले कोभिड–१९ महामारी कारण अन्तर्राष्ट्रिय श्रम बजारमा नेपाली श्रमिकले भोगेका बहुआयामिक समस्याको  सम्बोधनका लागि आइओएम नेपालले पुर्याएको योगदानप्रति आभार व्यक्त गरे । 

    वैदेशिक रोजगारीमा गई नेपाल फर्केका नागरिकहरुले आर्जन गरेका सीप र पूँजीको परिचालनका लागि मन्त्रायलले गरेका प्रयासमा आइओएमले सहयोग गरेको चर्चा गर्दै मन्त्री श्रेष्ठले मन्त्रालय र आइओएम नेपालबीच आगामी पाँच वर्षे संयुक्त रणनीतिपत्रको मस्यौदा गर्न विज्ञ समिति गठनको प्रस्ताव गरे ।


    प्रकाशित : बिहीबार , पौष १ २०७८०७:४७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार