२०८३, कार्तिक १२ गते बिहीबार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमविविएस पढाइ हुने, राष्ट्रपतिले शुभारम्भ गर्ने

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमविविएस पढाइ हुने, राष्ट्रपतिले शुभारम्भ गर्ने


  • मेरोभ्यूज
  • मंसिर २५, २०७८ शनिबार

  • कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमविविएस पढाइ हुने, राष्ट्रपतिले शुभारम्भ गर्ने

    कर्णाली । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा एमबिबीएसलगायतका शैक्षिक कार्यक्रमको शुभारम्भ गर्न राष्ट्रपति विद्यादेवी भण्डारी जुम्ला आउने भएपछि प्रतिष्ठानले सबै तयारी पूरा गरेको छ ।  राष्ट्रपतिले रु ७६ करोडमा बन्न लागेको क्वार्टर र एकेडेमिक भवनको पनि शिलान्यास गर्ने कार्यक्रम छ ।

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण जुम्लाले पत्रकार सम्मेलन आयोजना गरेर राष्ट्रपति भण्डारीको जुम्ला आउने कार्यक्रमको तालिका सार्वजनिक गरेको हो । रजिष्ट्रार नृपेन्द्र महतका अनुुसार राष्ट्रपति भण्डारी ठिक ११ बजे जुम्ला पुग्ने कार्यक्रम रहेको छ ।

    राष्ट्रपति एमबिबीएस, बिएनएस, बिफार्मालगायतका शैक्षिक कार्यक्रम शुभारम्भ भएको घोषणा गर्नेछिन् । राष्ट्रपति जुम्ला आउने भएपछि कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियार र नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री भवानीप्रसाद खातुन जुम्ला आइपुगेका छन् ।

    सो अवसरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको बीउ रोप्न पहल गर्ने कर्णाली प्रदेशसभा सदस्य तथा पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, पूर्वपर्यटन राज्यमन्त्री बलबहादुर महतलगायत २२ जनालाई सम्मान गर्ने कार्यक्रम छ ।

    प्रतिष्ठानको स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षा अगाडि बढाउनका लागि आवश्यक जग्गा उपलब्ध गराउने ५१ जनालाई कदरपत्र प्रदान गरिनेछ । प्रतिष्ठानमा एमबिबीएसमा १९, बिपीएचमा आठ, बिएनएसमा १६, बिफार्मामा आठ र बिएमएसमा ११ विद्यार्थी भर्ना भएका छन् । छात्रवृत्तिका विद्यार्थी मात्र भर्ना भएको प्रतिष्ठानले जनाएको छ ।

    पिछडिएको क्षेत्रमा सहजरूपमा स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षाको पहुँच पुर्‍याउन र स्वास्थ्य विज्ञानको क्षेत्रमा उच्चस्तरीय अध्ययन अनुसन्धानको व्यवस्था गरी आवश्यक जनशक्ति उत्पादन गर्ने प्रतिष्ठानको प्रमुख लक्ष्य रहेको छ । अहिले स्नातकोत्तर तहको एमडीएमएस कार्यक्रमलगायतका शैक्षिक कार्यक्रम सञ्चालन भइरहेका छन् । एमबिबीएस, बिएनएस, बिफार्मालगायतका सङ्कायहरु सञ्चालनमा आउनु कर्णाली प्रदेशको मात्र नभई सम्पूर्ण राष्ट्रको गौरव रहेको प्रतिष्ठानले जनाएको छ ।


    प्रकाशित : शनिबार, मंसिर २५ २०७८१०:१८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार