२०८३, कार्तिक १२ गते बिहीबार

बिपी प्रतिष्ठानमा १८ वर्षपछि थपियो नयाँ डायलाइसिस मेसिन

बिपी प्रतिष्ठानमा १८ वर्षपछि थपियो नयाँ डायलाइसिस मेसिन


  • मेरोभ्यूज
  • बैशाख १६, २०७९ शुक्रबार

  • बिपी प्रतिष्ठानमा १८ वर्षपछि थपियो नयाँ डायलाइसिस मेसिन

    काठमाडौं । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ डायलाइसिस कक्ष सञ्चालनमा आएको छ । प्रतिष्ठानमा यसअघि रहेका आठ शैय्याको कक्षलाई विस्तार गरी बिहीबारदेखि २० शैय्याको डायलाइसिस कक्ष सञ्चालनमा ल्याइएको हो । 

    अस्पतालमा बिहीबार आयोजित कार्यक्रममा प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीले उक्त कक्षको उद्घाटन गरे । उपकुलपति गिरीले २० शय्यासहितको डायलाइसिस युनिट सञ्चालनमा आएपश्चात् पूर्वी भेगका मिर्गौलाका बिरामीको उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

    पूर्वी नेपालको सबैभन्दा ठूलो र उत्कृष्ट अस्पतालका रुपमा रहेको प्रतिष्ठानमा यसअघि डायलाइसिस गर्ने मेसिनको कमी हुँदा बिरामीले सास्ती व्यहोर्दै आएका थिए । २० शैय्यामा उपचार कक्ष सञ्चालनमा आएपछि बिरामीले सहज रुपमा सेवा पाउने अवस्था बनेको प्रतिष्ठानका प्रवक्ता चुरामणि पोखरेलको भनाइ छ । 

    अहिले प्रतिष्ठानमा दैनिक करिब १२० जना बिरामीले नियमित डायलाइसिस गर्दै आएका छन् । यसअघि रहेका ८ वटा मेसिनले प्रतिष्ठानमा आएका बिरामीलाई सेवा दिन नसक्दा करिब ५० जनाले डायलाइसिस सेवा लिन सकेका थिएनन् । प्रतिष्ठानमा डायलाइसिस सेवा सुरु भएको २३ वर्ष भइसकेको छ । 

    सन् १९९९ मा तात्कालीन उपकुलपति डा शेखर कोइरालाको कार्यकालमा प्रतिष्ठानमा डायलाइसिस सेवा सुरु भएको थियो । दुई शय्याबाट सुरु गरिएको उक्त सेवा अपुग भएपछि त्यसबेला मेडिसिन विभागका डा सञ्जिवकुमार शर्माले सोही अस्पालबाट आफैँले घर बसेर गर्ने सिएपिडी प्रविधिको डायलाइसिस सेवाको सुरुवात गरेका थिए । 

    सन् २००२ बाट प्रतिष्ठानमा शुरु भएको यो विधि ५ वर्षसम्म अरु कुनै अस्तालमा हुन सकेको थिएन । सन् २००४ मा डा शर्माकै पहलमा बेलायतस्थित रोयल लण्डन अस्पतालबाट ११ थान डायलाइसिस मेसिन ल्याइएपछि अस्पतालको मेडिकल विभागअन्तर्गत डायलाइसिस युनिटको स्थापना गरिएको थियो । 


    प्रकाशित : शुक्रबार, बैशाख १६ २०७९०८:३७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार