२०८३, कार्तिक १२ गते बिहीबार

उपचार गर्न अस्पताल जाँदा पिसिआर परीक्षण गर्न नपर्ने

उपचार गर्न अस्पताल जाँदा पिसिआर परीक्षण गर्न नपर्ने


  • मेरोभ्यूज
  • चैत्र ४, २०७८ शुक्रबार

  • उपचार गर्न अस्पताल जाँदा पिसिआर परीक्षण गर्न नपर्ने

    काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था तथा अस्पतालमा उपचारका लागि जाँदा अब पिसिआर परीक्षण गर्नु नपर्ने जनाएको छ ।

    मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाइसकेका र कोभिड–१९ को सङ्क्रमणको लक्षण नदेखिका व्यक्तिले अस्पतालमा उपचारका लागि पिसिआर परीक्षण गराउनुनपर्ने बताए ।

    यसअघि अस्पतालमा उपचारका लागि जाँदा पिसिआर परीक्षण अनिवार्य गर्नुपर्ने प्रावधान थियो । सरकारले पिसिआर परीक्षणको शुल्क रु आठ सय तोेकेको छ । अस्पतालमा जाँदा खोप कार्ड भने अनिवार्यरुपमा लिएर जानुपर्ने मन्त्रालयले जनाएको छ ।


    प्रकाशित : शुक्रबार, चैत्र ४ २०७८१०:०७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार