२०८३, कार्तिक १३ गते शुक्रबार

पेट्राेलियम पदार्थकाे मूल्यले कीर्तिमान कायम गर्दै, पेट्राेलकाे मूल्य प्रतिलिटर १५५

पेट्राेलियम पदार्थकाे मूल्यले कीर्तिमान कायम गर्दै, पेट्राेलकाे मूल्य प्रतिलिटर १५५

निगम अझै मासिक ९ अर्ब ३२ कराेड घाटामा


  • मेरोभ्यूज
  • चैत्र २, २०७८ बुधबार

  • पेट्राेलियम पदार्थकाे मूल्यले कीर्तिमान कायम गर्दै, पेट्राेलकाे मूल्य प्रतिलिटर १५५

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियमको पदार्थको मूल्यवृद्धि गरेको छ । बुधबार बसेको निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर रु ५ वृद्धि गरेको छ । 

    यस्तै हवाई इन्धन (आन्तरिक) तर्फ प्रतिलिटर रु १५ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर २०० वृद्धि भएको निगमले जनाएको छ । निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ । मूल्यवृद्धिसँगै काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर रु १५५, डिजेल÷मट्टितेलको मूल्य प्रतिलिटर रु १३८, हवाई इन्धन (आन्तरिक) को मूल्य प्रतिलिटर १५१ र हवाई इन्धन (अन्तर्राष्ट्रिय) को मूल्य प्रतिलिटर अमेरिकी डलर १.४९५ पुगेको छ । 

    मूल्यवृद्धि गर्दा पनि आगमी १५ दिनमा करिब रु चार अर्ब ६६ करोड नोक्सानी हुने निगमले जनाएको छ । सञ्चित बचत सकिएको र घाटा उच्च भएकाले इन्डियन आयल कर्पोरेशनलाई भुक्तानी गर्नु रकमको अभाव भएको निगमले जनाएको छ । आइओसीलाई भुक्तानी गर्न नपुग रकम मूल्य स्थिरीकरण कोष तथा अन्य वित्तीय संस्थाबाट ऋण लिनुपर्ने बाध्यात्मक अवस्था रहेको निगमका सहप्रवक्ता पुस्कर कार्कीले बताए ।

    viber_image_2022-03-16_21-12-20-536.jpg


    प्रकाशित : बुधबार, चैत्र २ २०७८०९:२८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार