काठमाडौं । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले काठमाडौंको कीर्तिपुरको गाउँब्लकमा रहेका भूमिहीनलाई जग्गा धनी प्रमाण पूूर्जा वितरण गरेकी छिन् ।
कीर्तिपुर नगरपालिका–५ पाँगा गाँउब्लकका ३२ घर परिवारलाई जग्गाधनी दर्ता प्रमाणपत्र प्रदान गर्दै उनले यही चैत १५ गतेभित्र थप पाँच जिल्लाका गाउँब्लकमा लालपूूर्जा वितरण गरिने बताइन् ।
मन्त्री श्रेष्ठले संविधानमा भएको व्यवस्थाअनुसार भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासी समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोगमार्फत काम अगाडि बढाइएको बताइन् ।
हालसम्म गाउँब्लकका करिब १५ हजार घरपरिवारलाई लालपूर्जा वितरण गरिएको छ । सरकारले २०२१ सालयता जग्गाको नापी हुँदा गाउँब्लकका रुपमा राखिएको र जग्गा भएर पनि लालपूर्जाविहीन बनिरहेकालाई लालपुुर्जा वितरण अभियान तीव्र पारेको छ ।
यसअघि महोत्तरी, सप्तरी, धनुुषा, सुनसरी र चितवनका विभिन्न गाउँब्लकका भूमिहीनलाई लालपूर्जा वितरण गरिसकिएको छ ।

