२०८३, कार्तिक १३ गते शुक्रबार

संघीय संसद्काे चालु अधिवेशन अन्त्य

संघीय संसद्काे चालु अधिवेशन अन्त्य


  • मेरोभ्यूज
  • चैत्र १, २०७८ मंगलबार

  • संघीय संसद्काे चालु अधिवेशन अन्त्य

    काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को चालु अधिवेशन आजदेखि अन्त्य गरेकी छिन् । नेपाल सरकार मन्त्रिपरिषद्को आजको सिफारिसमा राष्ट्रपति भण्डारीले दुवै सदनको चालु अधिवेशन आजै राति १२ बजेदेखि अन्त्य गरेकाे सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

    सचिवालयद्वारा आज साँझ जारी सूचनापत्रअनुसार गत फागुन २९ गते प्रतिनिधिसभाबाट यही चैत २ गते बुधबारका लागि तोकिएको प्रतिनिधिसभा बैठक र माघ १६ गतेदेखि अर्काे सूचना नभएसम्मका लागि स्थगित राष्ट्रियसभा बैठकसमेत अन्त्य भएको छ ।प्रतिनिधिसभाको चालु दशाैं अधिवेशन मङ्सिर २८ गते प्रारम्भ भएको थियो । 

    Notice.jpg


    प्रकाशित : मंगलबार, चैत्र १ २०७८०९:४२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार