काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालय आधुनिकीकरण नुहँदासम्म उच्च शिक्षामा सुधार नुहने बताएका छन् । थापाथली इन्जिनियरिङ क्याम्पसको ५६ औं वार्षिकोत्सवमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘देशको ८० प्रतिशत विद्यार्थीले अध्ययन गर्ने शैक्षिक संस्था परम्परागत शैलीको हुन भएन अहिले युगसुहाउँदो हुनुपर्छ’, मन्त्री पौडेलले भने, ‘विश्वविद्यालयले सम्बन्धन दिएका क्याम्पसहरुको सबलीकरणमा ध्यान दिनुप¥यो ।’
देश सुरुङमार्ग, लिफटिङ सिँचाइ, नयाँ पुल, राजमार्ग बन्ने युगमा प्रवेश गरेको भन्दै इन्जिनियरलाई गम्भीर हुन आग्रह गरे । ‘जाँदा पिच भएको बाटो फर्किदा भत्किएको हुन्छ’ मन्त्री पौडेलले भने, ‘यस्तो परम्परालाई चिर्नुप¥यो ।’

