२०८३, कार्तिक १३ गते शुक्रबार

जसपाका ४ केन्द्रीय सदस्यसहित हुम्ला जिल्ला समिति माओवादीमा समाहित

जसपाका ४ केन्द्रीय सदस्यसहित हुम्ला जिल्ला समिति माओवादीमा समाहित


  • मेरोभ्यूज
  • फाल्गुण २९, २०७८ आइतबार

  • जसपाका ४ केन्द्रीय सदस्यसहित हुम्ला जिल्ला समिति माओवादीमा समाहित

    काठमाडाैं । जनता समाजवादी पार्टीकाे हुम्ला जिल्ला समिति नेकपा (माओवादी केन्द्र)मा समाहित भएकाे छ । हुम्लाबाट जसपाकाे केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने ४ केन्द्रीय सदस्यसहित सिङ्गो जिल्ला कार्य समिति माओवादी केन्द्रमा समायोजन भएको हाे ।

    जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य वीरजङ शाहीले आफूसहित केन्द्रीय सदस्य कालीबहादुर विक, सङ्घीय परिषद् सदस्य जसबहादुर भण्डारी, ८१ सदस्यीय जिल्ला कार्यसमिति माओवादी केन्द्रमा समायोजन भएको बताए । 

    Humla1.jpg

    पार्टी समायोजन कार्यक्रममा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री एवं केन्द्रीय सदस्य महेन्द्रबहादुर शाही, माओवादी केन्द्र कर्णाली प्रदेश समितिका अध्यक्ष विमला केसी, हुम्ला जिल्लाका सांसद छक्कबहादुर लामाको उपस्थिति रहेको थियो ।

    जसपाकाे सबै गाउँपालिकाका समितिसहित सबै पार्टी संरचनाका सदस्य गरी एक हजार बढी कार्यकर्ता माओवादीमा समायाेजन भएकाे कर्णालीकाे पूर्वमुख्यमन्त्री शाहीले जानकारी दिए ।
    Humla3.jpg


    प्रकाशित : आइतबार, फाल्गुण २९ २०७८१०:०१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार