२०८३, कार्तिक १३ गते शुक्रबार

नेपालसहित १४ सांसदविरुद्धको मुद्दामा आगामी चैत २० गते अन्तिम सुनुवाइ

नेपालसहित १४ सांसदविरुद्धको मुद्दामा आगामी चैत २० गते अन्तिम सुनुवाइ


  • मेरोभ्यूज
  • फाल्गुण २९, २०७८ आइतबार

  • नेपालसहित १४ सांसदविरुद्धको मुद्दामा आगामी चैत २० गते अन्तिम सुनुवाइ

    काठमाडाैं । सर्वोच्च अदालतमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसदविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आगामी चैत २० गते हुने भएको छ । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार चुडालको संयुक्त इजलासले आज उक्त मुद्दाको सुनुवाइ आगामी चैत २० गतेदेखि गर्ने निर्णय गरेको हो ।

    आदेशमा भनिएको छ, “यसमा लिखित जवाफ परिसकेको देखिएकाले र निवेदकबाट उठाइएका संवैधानिक तथा कानूनी प्रश्नहरुको निरुपण छिटोछरितो रूपमा पूर्ण सुनुवाइको सन्दर्भमा हुनु मनासिव देखिएको हुँदा मिति २०७८/१२/२० गते आइतबार पेसी तोकी पूर्ण सुनुवाइका लागि नियमअनुसार पेस गर्नू ।”

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गरेर नयाँ पार्टी गठन गरेको उल्लेख गर्दै नेपालसहित १४ जना सांसदविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । मुद्दाको पक्ष र विपक्ष दुवै तर्फबाट लिखित जवाफ पेस भइसकेको छ ।


    प्रकाशित : आइतबार, फाल्गुण २९ २०७८०९:५७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार