२०८३, कार्तिक १३ गते शुक्रबार

साफ महिला च्याम्पियनसिपमा सहभागी हुन महिला फुटबल टोली भारत प्रस्थान

साफ महिला च्याम्पियनसिपमा सहभागी हुन महिला फुटबल टोली भारत प्रस्थान


  • मेरोभ्यूज
  • फाल्गुण २९, २०७८ आइतबार

  • साफ महिला च्याम्पियनसिपमा सहभागी हुन महिला फुटबल टोली भारत प्रस्थान

    काठमाडाैं । भारतमा आयोजना हुने साफ यू–१८ (अठार वर्षमुनि) महिला च्याम्पियनसिपमा सहभागी हुन नेपाली महिला फुटबल टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । भारतको जमसेदपुरमा आगामी चैत १ देखि ११ गतेसम्म सञ्चालन हुने उक्त च्याम्पियनसिपमा आयोजक भारतसहित नेपाल र बङ्गलादेश सहभागी हुँदैछन् ।

    डबल राउण्ड रोबिनको आधारमा हुने उक्त च्याम्पियनसिपको उद्घाटन खेल चैत १ गते नेपाल र भारतबीच हुनेछ । त्यसैगरी नेपालले दोस्रो खेल बङ्गलादेशसँग चैत ४ गते खेल्नेछ । नेपालले चैत ७ गते फेरि भारतसँग तथा चैत ९ गते बङ्गलादेशसँग खेल्ने तय भएको छ । शीर्ष स्थान हासिल गर्ने टोलीले प्रतियोगिताको उपाधि जित्नेछ ।

    नेपाली टोलीमा प्रिती राई (कप्तान), सावित्री किशन, लीला जोशी, पूजा थापा, सविना चौधरी, मञ्जुकुमारी खड्का, प्रतिक्षा चौधरी, कुमारी तामाङ, प्रिया बस्नेत, दिव्या इस्माली मगर, दिपा शाही र हिमा रावत छन् । त्यसैगरी टोलीका अन्य खेलाडीमा सरस्वती हमाल, सुनकला राई, अञ्जली मछामासी, सराह बज्राचार्य, जेनिफर राना, शरिष्मा थापा, सदिपा भोलान, कुशुम खतिवडा, अमिशा कार्की, मनमाया दमाइँ र गरिमा राई छन् ।


    प्रकाशित : आइतबार, फाल्गुण २९ २०७८०९:२३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार