२०८३, कार्तिक १३ गते शुक्रबार

मन्त्रिपरिषद् बैठक
सरकारले ज्येष्ठ नागरिकका लागि छुट्टै अस्पताल खाेल्ने

सरकारले ज्येष्ठ नागरिकका लागि छुट्टै अस्पताल खाेल्ने


  • मेरोभ्यूज
  • फाल्गुण २६, २०७८ बिहीबार

  • सरकारले ज्येष्ठ नागरिकका लागि छुट्टै अस्पताल खाेल्ने

    काठमाडाैं । सरकारले ज्येष्ठ नागरिकलाई लक्षित गर्दै छुट्टै अस्पताल बनाउने भएकाे छ । शुक्रबार बसेकाे मन्त्रिपरिषद् बैठकले ज्येष्ठ नागरिकलाई सर्वसुलभ रूपमा स्वास्थ्य सेवा दिने उद्देश्यले डेडिकेटेड अस्पताल बनाउने निर्णय गरेकाे स्वास्थ्य तथा जनसंख्यामन्त्री विराेध खतिवडाले जानकारी दिए । 

    अस्पताल निर्माणका लागि स्वास्थ्य मन्त्रालयले एक कार्यदलमार्फत काम अघि बढाइसकेको छ । सरकारले यसअघि सरकारी सेवाका शिक्षकलाई लक्षित गर्दै चितवनमा शिक्षक अस्पताल निर्माण गर्ने निर्णय गरिसकेकाे छ । यस्तै गत महिना श्रमिक अस्पताल बनाउन सैदान्तिक सहमति प्रदान गरेकाे छ । नेपालमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र निजामती कर्मचारीका लागि छुट्टाछुट्टै अस्पताल सञ्चालनमा आएका छन् । 


    प्रकाशित : बिहीबार , फाल्गुण २६ २०७८०९:३९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार