२०८३, कार्तिक १३ गते शुक्रबार

सवारी दुर्घटना घटाउनेतर्फ ध्यान दिन राष्ट्रपतिको आग्रह

सवारी दुर्घटना घटाउनेतर्फ ध्यान दिन राष्ट्रपतिको आग्रह


  • मेरोभ्यूज
  • फाल्गुण २६, २०७८ बिहीबार

  • सवारी दुर्घटना घटाउनेतर्फ ध्यान दिन राष्ट्रपतिको आग्रह

    काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले सवारी दुर्घटना घटाउनेतर्फ विशेष ध्यान दिन सम्बद्ध पक्षको ध्यानाकर्षण गराएकी छिन् ।

    सङ्खुवासभाको मादीमा भएको आज भएको बस दुर्घटनामा १५ जना यात्रीको मृत्यु भएको खबरले आफू मर्माहत भएको बताउँदै राष्ट्रपतिले शोकाकूल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेकी छिन् ।

    साथै उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छिन् । केहीबेरअघि ट्वीट गर्दै राष्ट्रपतिले “सवारी दुर्घटना न्यूनीकरणका लागि आवश्यक सावधानी अपनाउन सम्बद्ध पक्षको ध्यान आकृष्ट गराउँछु”, भनेकी छिन् ।


    प्रकाशित : बिहीबार , फाल्गुण २६ २०७८०६:३२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार