२०८३, कार्तिक १३ गते शुक्रबार

लगानी बोर्ड आफैँले पूँजी जुटाएर ठूला परियोजना निर्माण गर्न अर्थमन्त्रीको निर्देशन

लगानी बोर्ड आफैँले पूँजी जुटाएर ठूला परियोजना निर्माण गर्न अर्थमन्त्रीको निर्देशन


  • मेरोभ्यूज
  • फाल्गुण २६, २०७८ बिहीबार

  • लगानी बोर्ड आफैँले पूँजी जुटाएर ठूला परियोजना निर्माण गर्न अर्थमन्त्रीको निर्देशन

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले लगानी बोर्डलाई आफैंले पूँजी निर्माण गरी ठूलो परियोजना अघि बढाउन निर्देशन दिएका छन् । बुधबार दिउँसो बोर्ड अन्तर्गत अनुगमन तथा सहजीकरण समितिको सातौं बैठकमा सहभागी हुँदै मन्त्री शर्माले लगानी बोर्ड पूँजी निर्माणमा अघि बढे मन्त्रालयले आवश्यक सहयोग गर्ने पनि बताए । 

    ‘बोर्डको कार्य प्रकृति कस्तो छ भने कोही आउँला र उसले भनेअनुसारको काम गरिदिउँला भनेर पर्खेर बस्ने किसिमको छ । अब सधैं यसरी मात्रै चल्दैन’ उनले भने, ‘लगाानी बोर्ड आफैंले पूँजी निर्माण गरी ठूला परियोजनामा लगानी गर्नेतर्फ ध्यान दिनुपर्छ । बरु यस्तो कोष बनाउने भए हामी  पनि के कस्तो सहयोग गर्न सक्छौं, त्यसमा छलफल गरौंला ।’

    बोर्ड उपाध्यक्षसमेत रहेका अर्थमन्त्री शर्माले निजी क्षेत्रसँग छलफल गरी निर्यातमा आधारित परियोजनाका लागि पूँजी कोषको निर्माण गर्न बोर्डलाई सुझाव दिएका थिए । कुल ग्राहस्थ उत्पादन (जिडिपी) र पूँजी निर्माणमा महत्वपूर्ण योगदान गर्ने परियोजनाहरु परिकल्पना गरी लगाानीका लागि अग्रसरता लिन उनले बोर्डलाई आग्रह गरे । 

    ‘कसले आएर के भन्छ भन्ला भनि प्रोजेक्ट पर्खेर बस्ने होइन, लगानी बोर्ड आफैंले प्रोजेक्ट जन्माउनुप¥यो’ उनले भने । समिति बैठकमा लगानी बोर्डले अरुण तेस्रो जलविद्युत आयोजना र मातहतका परियोजना, लजिस्टिक परियोजनाहरु, खप्तड एकिकृत पर्यटन विकास कार्यक्रम, तमोर जलाशययुक्त जलविद्युत परियोजना, माथिल्लो मस्र्याङ्दी जलविद्युत परियोजना, प्लान्ट भेहिकल म्यानुफ्याक्चरिङ एण्ड एसेम्ब्लीङ प्लान्ट र हुवासिन समेन्ट परियोजनाको कार्य प्रगतिबारे प्रस्तुतीकरण दिएको थियो ।


    प्रकाशित : बिहीबार , फाल्गुण २६ २०७८०८:४७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार