२०८३, कार्तिक १३ गते शुक्रबार

पूँजीगत खर्च ९० प्रतिशत पुग्ने गरी बजेट परिचालन गर्न अर्थमन्त्रीको निर्देशन

पूँजीगत खर्च ९० प्रतिशत पुग्ने गरी बजेट परिचालन गर्न अर्थमन्त्रीको निर्देशन


  • मेरोभ्यूज
  • फाल्गुण २६, २०७८ बिहीबार

  • पूँजीगत खर्च ९० प्रतिशत पुग्ने गरी बजेट परिचालन गर्न अर्थमन्त्रीको निर्देशन

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले चालू आर्थिक वर्षको पूँजीगत खर्च ९० प्रतिशत पु¥याउन निर्देशन दिएका छन् । पूँजीगत बजेट धेरै विनियोजन भएका १० मन्त्रालयको २४ फागुनसम्मको बजेट समीक्षा गर्न अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा उनले मध्यावधि समिक्षामार्फत ९० प्रतिशत पूँजीगत खर्च गर्ने लक्ष्य लिएकाले सोहीअनुसार बजेट कार्यान्वयन गर्न निर्देशन दिएका हुन् । 

    ‘हाम्रो अहिलेको छलफलमा ८० प्रतिशत भन्दा बढी खर्च नहुने देखियो । जबकी बजेटको मध्यावधि समीक्षाले ९० प्रतिशत पूँजीगत खर्च गर्ने लक्ष्य लिएको थियो’ उनले भने, ‘त्यो लक्ष्यमा पुग्न नसक्ने सुन्दा म चिन्तित छु तर अहिलेसम्म केही बिग्रेको छैन । हामी सबैले प्रयास गरौं । यसो गर्दा  लक्ष्य भेट्टाउन खासै गाह्रो पर्दैन ।’

    अर्थ सचिव मधुकुमार मरासिनीले कमजोर पूँजीगत खर्च गर्ने प्रवृत्तिबाट आफू निराश भएको बताए । ‘भएको बजेटको कार्यान्वयन हे¥यो भने २० प्रतिशत पनि पुगेको छैन तर थप बजेटको माग गर्ने स्थिति हे¥यो भने विकराल छ’ उनले भने, ‘अहिले भएकै बजेटलाई व्यापक उपयोग गर्नुस् ।’


    प्रकाशित : बिहीबार , फाल्गुण २६ २०७८०८:१८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार