२०८३, कार्तिक १३ गते शुक्रबार

हरियाे मसीले मतपत्र छपाइ गर्ने निर्वाचन आयाेगकाे निर्णयप्रति एमाले अध्यक्ष ओलीकाे कटाक्ष

हरियाे मसीले मतपत्र छपाइ गर्ने निर्वाचन आयाेगकाे निर्णयप्रति एमाले अध्यक्ष ओलीकाे कटाक्ष


  • मेरोभ्यूज
  • फाल्गुण २४, २०७८ मंगलबार

  • हरियाे मसीले मतपत्र छपाइ गर्ने निर्वाचन आयाेगकाे निर्णयप्रति एमाले अध्यक्ष ओलीकाे कटाक्ष

    काठमाडाैं । आसन्न स्थानीय तह निर्वाचनमा प्रयाेग हुने मतपत्रकाे मसी परिवर्तन गर्ने निर्वाचन आयाेगकाे निर्णयप्रति प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आपत्ति जनाएका छन् । 

    मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले मतपत्रकाे मसी परिवर्तन गर्नुकाे कारण माग गरेका छन् । ‘निर्वाचन आयोगले मतपत्रका चिह्नहरुमा हरियो राख्ने भयो रे । हरियो चिह्न किन राख्ने, के कारणले राख्ने ?’, उनले भने, ‘निर्वाचन आयोगसँग मैले सोध्न भ्याएको छैन, म अत्यन्त ब्यस्त भइरहेको छु, उहाँहरुसँग सोधुला बुझुँला ।’

    मतपत्र छपाइकाे मसी परिर्वतन गर्नुकाे कारण आयाेगले दिनुपर्ने उनकाे भनाइ छ । ‘यदि हो भने कुन हिसाबले राख्ने ? यो धार्मिक हिसाबले राख्ने हो ? अथवा कसैको हरियो देखिने चिह्न छ त्यसकारणले राख्ने हो ?’ उनले भने, ‘सबैतिर आँखा नदेख्ने, कमजोर आँखा हुनेहरुले देखोस् भनेर हरियो राख्ने हो ?’

    अध्यक्ष ओलीले मतपत्रमा छपाइ हुने मसी फेर्ने निर्णय सच्चयाउन माग गरे । ‘हरियो राख्ने निर्णय गरेको होइन भने सञ्चार माध्यमले त्रुटि सच्याउनुपर्छ’, उनले भने, ‘यदि निर्वाचन आयोगले नै त्यो गरेको हो भने निर्वाचन आयोगले त्रुटि सच्याउनुपर्छ, हरियो सरियो हुँदैन ।’

    आयाेगले आसन्न स्थानीय तह निर्वाचन प्रयोजनका लागि छापिने मतपत्रमा हरियो रङको प्रयोग गर्ने निर्णय गरेकाे थियाे । मतपत्र र स्वस्तिक छापको मसी एकै प्रकारका हुँदा मतगणनामा समस्या भएको गुनासो आएको भन्दै निर्वाचन आयोगले मतपत्रको मसी परिवर्तन गर्ने निर्णय गरेको जनाएकाे थियाे ।

    निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ गर्दा मतपत्रमा हुने चिह्न, विवरण तथा सुरक्षण चिह्न हरियो मसीले छपाइ गर्ने निर्णय गरिएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । यसअघि आयोगले २०७४ को निर्वाचनमा मतपत्रमा निलो मसीको प्रयोग गरेको थियो ।

    “मतपत्र र चिह्न तथा स्वस्तिक छापको मसी एकै प्रकार (निलो) को हुँदा रातको समयमा मतगणना गर्न गाह्रो भएको गणकबाट गुनासा आएका थिए”, उनले भने, “मतपत्र र स्वस्तिक छापको मसीका कारण देखिने अप्ठ्यारा कम गर्न मतपत्रमा प्रयोग हुने मसी परिवर्तन गरिएको हो ।”


    प्रकाशित : मंगलबार, फाल्गुण २४ २०७८१०:०२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार