२०८३, कार्तिक १३ गते शुक्रबार

मेलम्ची प्रभावित क्षेत्रका विकासमा छुट्ट्याइएको बजेट निकासा गर्न माग

मेलम्ची प्रभावित क्षेत्रका विकासमा छुट्ट्याइएको बजेट निकासा गर्न माग


  • मेरोभ्यूज
  • फाल्गुण २३, २०७८ सोमबार

  • मेलम्ची प्रभावित क्षेत्रका विकासमा छुट्ट्याइएको बजेट निकासा गर्न माग

    काठमाडाैं । मेलम्ची खानेपानी आयोजना प्रभावित तथा बाढीपीडित सरोकार समन्वय समितिले प्रभावित क्षेत्रको विकासका निम्ति छुट्टयाइएको बजेट तत्काल निकासा गराउन माग गरेको छ ।

    सरोकार समितिले आज पत्रकार सम्मेलनको आयोजना गरी आयोजना प्रभावित क्षेत्रको विकासको निम्ति नियमितरूपमा मेलम्ची खानेपानी विकास समितिले उपलब्ध गराउँदै आएको सामाजिक उत्थान कार्यक्रम सञ्चालनअन्तर्गतको बजेट तत्काल उपलब्ध गराउन गरेको हो ।

    समन्वय समितिका संयोजक उपेन्द्र तामाङले जोखिममा रहेका तटीय क्षेत्रका बस्तीको संरक्षणका लागि आवश्यक बजेट तत्काल आयोजनाबाट उपलब्ध गराउन माग गरे।

    “मेलम्ची नदीमा आएको बाढीले ठूलो धनजनको क्षति पुर्याएको अवस्था छ, नदी किनारको बस्ती झनै जोखिममा रहेकाले नदीलाई पुरानै धारमा बगाउन, मेलम्ची र ईन्द्रावतीको तटीय क्षेत्रको कम्तिमा पाँच मिटर खोला गहिर्याउनुपर्ने अवस्था छ”, उनले भने ।

    उनले मेलम्ची र ईन्द्रावती नदी किनारका बस्ती तथा खेतीयोग्य जमीन ठूलो मात्रामा कटान भएकाले सो क्षेत्रको जमीन संरक्षण र खेतीयोग्य जमीन बनाउनका लागि मुहानदेखि सीपाघाट भीमटारसम्म आयआर्जनका कार्यक्रम सञ्चालन गर्न माग गरे।

    संयोजक तामाङले सरकारले स्थायी तटबन्ध निर्माण, सडक, सिँचाइ तथा सार्वजनिक पूर्वाधार निर्माण एवं संरक्षणका लागि मेलम्ची ईन्द्रावती नदी करिडोर एकीकृत विकास आयोजनाका रूपमा एक विशेष दीर्घकालीन आयोजना सञ्चालन गर्नुपर्ने बताए ।

    हेलम्बु बाढीपीडित सरोकार समन्वय समितिका उपाध्यक्ष अर्जुन भण्डारीले जोखिममा रहेका आयोजना प्रभावित क्षेत्रका बस्तीलाई संरक्षण गर्न सम्झौता भए पनि काम नभएको बताए । 


    प्रकाशित : सोमबार, फाल्गुण २३ २०७८०९:३१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार