२०८३, कार्तिक १३ गते शुक्रबार

पासपोर्ट र टिकट बिना जहाजमा पुगेको घटनाको छानविन गर्न गठित समितिले प्रतिवेदन बुझायो

पासपोर्ट र टिकट बिना जहाजमा पुगेको घटनाको छानविन गर्न गठित समितिले प्रतिवेदन बुझायो


  • मेरोभ्यूज
  • फाल्गुण २२, २०७८ आइतबार

  • पासपोर्ट र टिकट बिना जहाजमा पुगेको घटनाको छानविन गर्न गठित समितिले प्रतिवेदन बुझायो

    काठमाडौंं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा उडान भर्न लागेको नेपाल एयरलाइन्सको विमानमा पासपोर्ट र भिसा नभएको एक व्यक्ति पुगेको घटनाको सम्बन्धमा छानबिन गर्न गठित समितिले गृहमन्त्री बालकृष्ण खाणलाई आफ्नो प्रतिवेदन बुझाएको छ ।

    समितिका संयोजक एवं अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले प्रतिवेदन आज गृहमन्त्री खाणसमक्ष पेस गरेका हुन् । यही फागुन ९ गते राति हवाई टिकट र भिसा नभएको व्यक्ति विमानस्थलभित्र छिरेर जहाजसम्म पुगेपछि सुरक्षाबारे चर्चा परिचर्चा भएको थियो ।

    विमानस्थल सुरक्षा अवस्था तथा सुधारका उपाय सम्बन्धमा सिफारिस गर्न गृहमन्त्री खाणले यही फागनु १३ गते भट्टराईको संयोजकत्वमा छानविन समिति गठन गरेका थिए ।

    समितिमा नेपाली सेनाका महासेनानी अनुप अधिकारी, प्रहरी उपरीक्षक वेद विष्ट, कामु सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक किरण बस्नेत, उप–अनुसन्धान निर्देशक विष्णमणि आचार्य, हवाई सुरक्षा निर्देशक वासुदेव भट्टराई, नेपाल वायु सेवा निगमका निर्देशक अनिल घिमिरे, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल तथा गृह मन्त्रालयका उपसचिव गोमा चेम्जोङ सदस्य थिए ।

    समितिको प्रतिवेदन बुझ्दै गृहमन्त्री खाणले प्रतिवेदनले दिएका सुझाव कार्यान्वयनको प्रक्रिया अगाडि बढाइने बताए । ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न निकायको तालमेल हुन्छ । तसर्थ कार्यान्वयनका लागि पनि सबै निकायबीच समन्वय चाहिन्छ,’ उनले भने, ‘सबैसँगको समन्वयबाट प्राप्त सुझाव तथा सिफारिश कार्यान्वयन हुन्छ ।’


    प्रकाशित : आइतबार, फाल्गुण २२ २०७८०८:५१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार