काठमाडाैं । अन्ततः प्रतिनिधिसभाको आजको दोस्रो बैठकले ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)बीच भएको अनुदान सहायता सम्झौता बहुमतले अनुमाेदन गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले बैठकमा व्याख्यात्मक घोषणासहितको प्रस्ताव अनुमाेदन गर्न सभामा प्रस्तुत गरेका थिए । सो प्रस्तावलाई ध्वनिमतले अनुमाेदन गरिएको हो ।
लामो बहस र विवादपछि उक्त सम्झौता आज अनुमाेदन भएको हो । सभामुख अग्निप्रसाद सापकोटाले व्याख्यात्मक घोषणासमेत सदनबाट जारी भएको सुनाए ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले भने आफ्ना माग सम्बोधन नभएको जनाउँदै विरोध जारी राखेको थियो ।

