काठमाडाैं । भैरहवास्थित गाैतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी जेठ २ गतेदेखि व्यावसायिकरूपमा सञ्चालनमा आउने भएकाे छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले बुद्ध जयन्तीका अवसर पारेर जेठ २ गतेदेखि व्यावसायिक उडान गरिने तयारी गरेकाे छ ।
विमानस्थलकाे निर्माण सम्पन्न भएर परीक्षणका क्रममा छ । गाैतमबुद्ध विमानस्थलमा शुक्रबारदेखि क्यालिब्रेसन फ्लाइट हुँदैछ । एराेथाईकाे विशेष विमान क्यालिब्रेसन फ्लाइटका लागि गाैतमबुद्ध विमानस्थलमा अवतरण भएकाे छ ।


