२०८३, कार्तिक १३ गते शुक्रबार

ऊर्जामन्त्री भुसालसँग नेपालका लागि बेलायती राजदूतको शिष्टाचार भेट

ऊर्जामन्त्री भुसालसँग नेपालका लागि बेलायती राजदूतको शिष्टाचार भेट


  • मेरोभ्यूज
  • फाल्गुण ५, २०७८ बिहीबार

  • ऊर्जामन्त्री भुसालसँग नेपालका लागि बेलायती राजदूतको शिष्टाचार भेट

    काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले शिष्टाचार भेट गरेकी छिन् । मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच आपसी हित र चासोका विविध विषयमा छलफल भएको छ ।

    सो अवसरमा मन्त्री भुसालले पारस्परिक हितका सबै क्षेत्रमा नेपालले नजिकबाट काम गरिरहने नेपाल सरकारको प्रतिबद्धता रहेको बताइन्।

    नेपाल सरकारले स्वच्छ र नवीकरणीय ऊर्जा उत्पादन, इ–मोबिलिटी, न्यून कार्बन पूर्वाधार र इको–टूरिजम्को प्रवर्द्धनलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले नेपालको नवीकरणीय ऊर्जा, वातावरण व्यवस्थापनमा बेलायत सरकारको सहयोगप्रति धन्यवाद व्यक्त गरिन् ।

    महासागरहरूका पारिस्थितिक प्रणाली सन्तुलन राख्न र ग्योबल वार्मिङलाई नियन्त्रण गर्नका लागि हिमालयको महत्वपूर्ण भूमिका रहने स्मरण गराउँदै मन्त्री भुसालले भनिन्, “हामी हिमालय क्षेत्रको संरक्षणका लागि अन्तराष्ट्रिय सहयोगको अपेक्षा गर्दछौँ ।”

    ऊर्जा क्षेत्रमा सन्तुलन कायम राख्नका लागि आफूले जलासययुक्त आयोजना प्रवर्द्धनलाई विशेष प्राथमिकता दिएको उल्लेख गर्दै मन्त्री भुसालले बुढीगण्डी, दूधकोशी, नलगाढजस्ता आयोजनालाई आफूले प्राथमिकतामा राखेको बताइन् । जलविद्युत स्वच्छ ऊर्जा भएकाले यसको प्रवर्द्धनका लागि नेपाल सरकारले प्राथमिकता दिएको र ऊर्जा क्षेत्रको विकासमा मिश्रित ऊर्जा उत्पादनमा ध्यान दिएको बताइन् ।

    त्यस अवसरमा राजदूत पोलिटले नेपालको ऊर्जा खपतमा सहयोग गर्न बेलायत सरकार इच्छुक रहेको उल्लेख गर्दै त्यसका लागि ऊर्जा मन्त्रालयका निकायसँगको सहकार्यलाई अझै विस्तार गर्ने बताइन्। उनले नवीकरणीय ऊर्जा उत्पादन तथा विद्युत् व्यापारमा पनि सहजीकरण गर्न बेलायत सरकार तयार रहेको बताइन् । 


    प्रकाशित : बिहीबार , फाल्गुण ५ २०७८०६:५६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार