२०८३, कार्तिक १३ गते शुक्रबार

माओवादी केन्द्रीय समिति बैठक फागुन ८ मा बस्ने

माओवादी केन्द्रीय समिति बैठक फागुन ८ मा बस्ने


  • मेरोभ्यूज
  • फाल्गुण ३, २०७८ मंगलबार

  • माओवादी केन्द्रीय समिति बैठक फागुन ८ मा बस्ने

    काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र)ले यही फागुन ८ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ । समसामयिक राजनीतिक विषय, पार्टी पदाधिकारी, स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय सदस्यको मनोनयनलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

    माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बैठक फागुन ८ र ९ गतेका लागि तय गरिएको छ । गत पुसमा आठौं महाधिवेशन गरेको माओवादीले अध्यक्ष र केन्द्रीय समितिको सङ्ख्या निर्धारण गरे पनि पदाधिकारी चयन गरेको छैन । बैठकमा मुलुकको समसामयिक राजनीतिक विषय, स्थानीय तहको निर्वाचनलगायतका विषयमासमेत छलफल गर्ने कार्यसूची निर्धारण गरिएको बताइएको छ ।


    प्रकाशित : मंगलबार, फाल्गुण ३ २०७८०९:१७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार