काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ।
बैठकमा नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमोर्चा संसदीय दलको नेता दुर्गा पौडेल र नेमकिपा सांसद प्रेम सुवाल सहभागी छन् ।
बैठकमा माओवादीको संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङ, परराष्ट्रमन्त्री नारायण खड्का, गृहमन्त्री बालकृष्ण खाडलगायत सहभागी छन् ।
सर्वोच्च अदालतका प्रधानन्यायधीश चोलेन्द्र शम्सेर जबराविरुद्ध संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता भएपछि सभामुख सापकोटाले संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग समसामयिक विषयमा छलफल गर्न आयोजित सर्वदलीय बैठक बोलाएका थिए ।

