२०८३, कार्तिक १३ गते शुक्रबार

महाअभियोगबारे निर्णय लिन एमाले संसदीय दलको बैठक बस्दै

महाअभियोगबारे निर्णय लिन एमाले संसदीय दलको बैठक बस्दै

सभामुखले बाेलाएकाे सर्वदलीय बैठक एमालेद्वारा बहिस्कार


  • मेरोभ्यूज
  • फाल्गुण २, २०७८ सोमबार

  • महाअभियोगबारे निर्णय लिन एमाले संसदीय दलको बैठक बस्दै

    काठमाडाैं । प्रधानन्यायाधीश चाेलेन्द्र शम्शेर राणाविरूद्ध संसद् सचिवालयमा दर्ता भएकाे महाअभियाेग प्रस्तावका बारेमा निर्णय लिन प्रमुख प्रतिपक्षी नेकपा (एमाले)काे संसदीय दलकाे बैठक बस्दै छ । एमालेले संघीय संसद् भवन, नयाँ बानेश्वरमा रहेकाे ल्हाेत्से हलमा बिहान ११ बजेका लागि बैठक बाेलाएकाे छ । 

    आइतबार बसेकाे एमाले सचिवालय बैठकले महाअभियाेग प्रस्तावकाे प्रतिवाद गर्ने निर्णय गरेकाे थियाे । सत्ता गठबन्धनका सांसदले प्रधानन्यायाधीशविरूद्ध महाअभियाेग प्रस्ताव दर्ता गराएपछि आक्राेशित बनेकाे एमालेले सर्वाेच्च अदालतका अन्य चार न्यायाधीश र सभामुख विरूद्ध पनि महाअभियाेग प्रस्ताव दर्ता गर्न सक्ने आँकलन गरिएकाे छ ।

    यसैबीच सभामुख अग्निप्रसाद सापकाेटाले बाेलाएकाे सर्वदलीय बैठकमा एमाले नजाने भएकाे छ । एमालेले पार्टी विभाजन गर्न सभामुखले भूमिका खेलेकाे भन्दै यसअघि पनि सभामुखले बाेलाएकाे सर्वदलीय बैठक बहिस्कार गर्दै आएकाे छ । 


    प्रकाशित : सोमबार, फाल्गुण २ २०७८०९:१९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार