२०८३, कार्तिक १३ गते शुक्रबार

सभामुखकाे आह्वानमा सर्वदलीय बैठक बस्दै

सभामुखकाे आह्वानमा सर्वदलीय बैठक बस्दै


  • मेरोभ्यूज
  • फाल्गुण २, २०७८ सोमबार

  • सभामुखकाे आह्वानमा सर्वदलीय बैठक बस्दै

    काठमाडाैं । संसद्काे अवराेध, संसद् सचिवालयमा दर्ता भएकाे प्रधानन्यायाधीशविरूद्धकाे महाअभियाेग प्रस्तावलगायत विषयमा छलफल गर्न सभामुख अग्निप्रसाद सापकाेटाले सर्वदलीय बैठक आह्वान गरेका छन् । उनले दिउँसाे २ बजे बैठक बाेलाएका हुन् । 

    उनले बैठकमा संसद्काे अवराेध खुलाउने, एमसिसी सम्झाैतालाई सदनमा कसरी लैजाने र महाअभियाेग प्रस्ताव कसरी अगाडि बढाउने भन्ने विषयमा परामर्श गर्नेछन् । 

    प्रधानन्यायाधीश जबराविरुद्ध सत्तारूढ दलका सांसदहरुले आइतबार बिहान १०ः१५ बजे सिंहदरबारस्थित संसद् सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता गराएका थिए । प्रस्तावमा प्रधानन्यायाधीश राणालाई कार्यक्षमता नभएको अभियोग लगाइएको छ ।

    सोमबार बोलाइएको प्रतिनिधिसभाको बैठक भने यही फागुन ४ गते बुधबारका लागि सारिएको छ । ४ गतेकाे बैठकमा एमसिसी सम्झाैता पेश गर्ने तयारी छ ।  


    प्रकाशित : सोमबार, फाल्गुण २ २०७८०८:५७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार