२०८३, कार्तिक १३ गते शुक्रबार

कास्कीमा दूध तथा दुग्धजन्य पदार्थको मूल्य वृद्धि

कास्कीमा दूध तथा दुग्धजन्य पदार्थको मूल्य वृद्धि


  • मेरोभ्यूज
  • फाल्गुण १, २०७८ आइतबार

  • कास्कीमा दूध तथा दुग्धजन्य पदार्थको मूल्य वृद्धि

    पाेखरा । दूध व्यवसाय सङ्घ कास्कीको आज बसेको बैठकले दूध तथा दुग्ध पदार्थमा मूल्य वृद्धि गरेको छ । किसानको व्यावसायिक उत्पादनमा लागत मूल्य बढ्न गएका कारण मूल्य वृद्धि गर्नुपरेको जनाइएको छ ।

    सङ्घले प्रेस विज्ञप्ति प्रकाशित जारी गरी नेपाल सरकारले २०७८ माघ १७ गते दूधमा गरेको मूल्य वृद्धिलाई पनि मध्यनजर राख्दै यही मिति २०७८ फागुन ०५ देखि लागू हुने गरी बढेको जनाएको छ । सङ्घका अध्यक्ष वीरेन्द्र भण्डारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा दूध तथा दुग्ध पदार्थको मूल्यमा ७०% किसानलाई र ३०% व्यवसायीलाई रहने गरी दूधको मूल्य वृद्धि भएको निर्णय गरिएको उल्लेख छ ।

    भैँसीको दूध प्रतिलिटर १२० देखि  १३० रुपैयाँ, गाईको दूध प्रतिलिटर १०० रूपैयाँ, नाैनी घ्यू प्रतिकेजी ९०० रूपैयाँ, पनिर प्रतिकेजी ८०० रूपैयाँ, कुराउनी प्रतिकेजी १ हजार, चिज प्रतिकेजी एक हजार १०० रूपैयाँ, घ्यू प्रतिलिटर एक हजार १०० रूपैयाँ, सादा दही प्रतिलिटर १४० रूपैयाँ, बट्टा दही (स्पेशल) प्रतिलिटर १७० रूपैयाँ मूल्य कायम गर्ने निर्णय गरिएको सचिव जमूना ढकाल जानकारी दिइन् । 


    प्रकाशित : आइतबार, फाल्गुण १ २०७८०९:४१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार