२०८३, कार्तिक १३ गते शुक्रबार

महाअभियोग प्रस्ताव षड्यन्त्रपूर्ण रूपमा आएको एमालेको ठहर, प्रस्तावकाे कडा प्रतिवाद गर्ने निर्णय

महाअभियोग प्रस्ताव षड्यन्त्रपूर्ण रूपमा आएको एमालेको ठहर, प्रस्तावकाे कडा प्रतिवाद गर्ने निर्णय


  • मेरोभ्यूज
  • फाल्गुण १, २०७८ आइतबार

  • महाअभियोग प्रस्ताव षड्यन्त्रपूर्ण रूपमा आएको एमालेको ठहर,  प्रस्तावकाे कडा प्रतिवाद गर्ने निर्णय

    काठमाडाैं । नेकपा (एमाले)ले प्रधानन्यायाधीश विरुद्धको महाअभियोगलाई षड्यन्त्रपूर्ण कदमको सङ्ज्ञा दिएको छ । आइतबार साँझ बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको सचिवालय बैठकले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग अदालतमाथिको प्रहार, सिङ्गो लोकतन्त्र र सार्वभौम सत्तामाथिको प्रहार भएको बैठकले ठहर गर्दै त्यसकाे कडा प्रतिवाद गर्ने निर्णय गरेकाे महासचिव शंकर पाेखरेलले जानकारी दिए ।

    उनले भने, “एमालेले महाअभियोग प्रस्ताव अदालत, लोकतन्त्र र सार्वभौम सत्तामाथिको षड्यन्त्रपूर्ण कदम भएको ठहर गरेको छ, यसलाई एमालेले गम्भीर ढङ्गले लिँदै प्रतिवाद गर्ने निर्णय गरेको छ ।” उनले सत्ता गठबन्धनले नेपालमा नियन्त्रित अस्थिरता सिर्जना गर्ने उद्देश्यले महाअभियोग प्रस्ताव ल्याएको भन्दै सत्तापक्ष र प्रतिपक्षबीचको सम्बन्ध बिगार्ने षड्यन्त्रका साथ आएको बताए ।

    महासचिव पोखरेलले भने, “आगामी स्थानीय तहको चुनावलाई समेत असर पार्ने र चुनावलाई पर धकेल्ने प्रयासका साथ महाअभियोग प्रस्ताव आएको छ, यो प्रस्तावले सर्वोच्च अदालतमा रहेका विचाराधीन मुद्दालाई प्रभावित पार्ने योजनाका साथ आएको हाम्रो ठहर छ, यसले देशको राजनीतिक प्रणालीलाई अस्थिर बनाउँछ ।”

    महाअभियोगको प्रतिवाद गर्ने र जनतालाई यसको विपक्षमा उभिन आग्रह गर्ने बैठकले निर्णय गरेको जानकारी दिँदै उनले महाअभियोग असफल पार्न जरुरी रहेकाले सोमबार बस्ने एमाले संसदीय दलको बैठकले त्यसका लागि निर्देशन दिने र महत्वपूर्ण निर्णय गर्ने बताए ।


    प्रकाशित : आइतबार, फाल्गुण १ २०७८०९:२२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार