२०८३, कार्तिक १३ गते शुक्रबार

सही विचार निर्माण गर्न सञ्चार माध्यमकाे भूमिका महत्वपूर्ण - मन्त्री भुसाल

सही विचार निर्माण गर्न सञ्चार माध्यमकाे भूमिका महत्वपूर्ण - मन्त्री भुसाल


  • मेरोभ्यूज
  • फाल्गुण १, २०७८ आइतबार

  • सही विचार निर्माण गर्न सञ्चार माध्यमकाे भूमिका महत्वपूर्ण - मन्त्री भुसाल

    काठमाडाैं । ऊर्जा, जलस्राेत तथा सिँचाइमन्त्री पम्फा भुसालले २१ औं शताब्दी सूचना प्रविधिकाे युग भएकाले सही विचार निर्माण गर्न सञ्चार माध्यमकाे महत्वपूर्ण भूमिका हुने बताएकी छिन् । 

    हेराल्ड कम्युनिकेशनले सञ्चालनमा ल्याएकाे मेराेभ्यूज अनलाइनकाे आइतबार एक कार्यक्रमबीच शुभारम्भ गर्दै उनले सञ्चारमाध्यमले सत्यतथ्य सूचनामात्र सम्प्रेषण गर्नुपर्ने बताइन् । ‘सही सूचना दिँदा सही दृष्टिकाेण बन्छ, गलत सूचना दिँदा गलत दृष्टिकाेण बन्छ, यहाँहरूले सही सूचना, दृष्टिकाेण र तथ्यका आधारमा समाचार सम्प्रेषण गरेर महत्वपूर्ण भूमिका खेल्नुहुनेछ’, उनले भनिन् । 

    मन्त्री भुसालले श्रमजीवि, सर्वाहारा र उत्पीडित वर्गका जनतालाई न्याय, समानता र समाजवादका आधारमा अगाडि जाने विचार निर्माण गर्न सञ्चारमाध्यमले मद्दत गर्ने बताइन् । 


    प्रकाशित : आइतबार, फाल्गुण १ २०७८०९:१४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार