२०८३, कार्तिक १३ गते शुक्रबार

राष्ट्रिय राजनीतिकाे मुद्दामा एमाले गैरजिम्मेवार बनेकाे माओवादीकाे आराेप

राष्ट्रिय राजनीतिकाे मुद्दामा एमाले गैरजिम्मेवार बनेकाे माओवादीकाे आराेप


  • मेरोभ्यूज
  • माघ २८, २०७८ शुक्रबार

  • राष्ट्रिय राजनीतिकाे मुद्दामा एमाले गैरजिम्मेवार बनेकाे माओवादीकाे आराेप
    काठमाडाैं । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय राजनीतिकाे विभिन्न मुद्दामा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) गैरजिम्मेवार बनेकाे आराेप लगाएकाे छ ।
     
    एमसिसीलगायत राष्ट्रिय समस्याकाे समाधानका लागि निर्णायक अवस्थामा पुग्नुपर्ने अवस्थामा माओवादी केन्द्रका अध्यक्ष पुष्षकमल दाहाल (प्रचण्ड) ले गरेकाे टेलिफाेन संवादमा एमाले अध्यक्ष केपी शर्मा ओलीले गैरजिम्मेवारीपन देखाएकाे माओवादीले जनाएकाे छ । 
     
    टेलिफोनमा अध्यक्ष प्रचण्डले एमसिसि सामान्य आर्थिक सहयोगको परियोजना मात्र नभई यो राष्ट्रिय राजनीतिको मुद्दा बनिसकेकाले सत्तापक्ष र प्रतिपक्षको मानसिकताबाट माथि उठेर छलफल गर्न आग्रह गरेका थिए ।
     
    'यसमा तपाईं र तपाईंको पार्टीको धारणा स्पष्ट गर्नुस् र यसमा राष्ट्रिय सहमति निर्माण गर्ने कोसिस गरौं । देश अहिले निर्वाचनमा होमिएको र एमसिसिमा दलहरूबीच र राष्ट्रिय रुपमा सहमति बन्ने स्थिति नभएको अवस्थामा सम्बन्धित पक्षसँग यसलाई निर्वाचन पछि लैजाने कुरा गरौं' ओली - प्रचण्डको टेलिफोन संवाद उदृत गर्दै प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भने ।
     
    ओलीले प्रचण्डको प्रस्तावलाई गम्भीरतापूर्वक नलिई तपाईंहरुसङ्ग बहुमत छ, पास गर्नुस, तर गैरसांसद रहदासम्म संसद चल्न भने दिन्नौ भनेर पुरै गैरजिम्मेवार जवाफ फर्काएको उनले बताए ।


    प्रकाशित : शुक्रबार, माघ २८ २०७८०२:४५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार