चितवन । चितवनकाे राप्ती नगरपालिका-६ मा पुनः बर्डफ्लु देखिएकाे छ । राप्ती -६ स्थित अनिता पशुपक्षी कृषि फर्ममा बर्डफ्लू पुष्टि भएकाे हाे । फर्मका कुखुरा धमाधम मर्न थालेपछि यही माघ २५ गते नमूना सङ्कलन गरी केन्द्रीय पशुपक्षी प्रयाेगशााला काठमाडौं पठाइएकाे थियाे ।
प्रयाेगशालामा गरिएकाे परीक्षणबाट बिहीबार साे फर्ममा बर्डफ्लु (एचफाइभ, एनवान) पुष्टि भएको चितवनका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले जानकारी दिए । उक्त फर्ममा दुई हजार कुखुरा छन् । स्थानीय प्रशासनले उक्त फर्मको १०० मिटर आसापास पक्षी नष्ट गर्ने तयारी गरेकाे छ । यसअघि विराटनगर क्षेत्रमा पनि बर्डफ्लु देखिएपछि सरकारले संकटग्रस्त क्षेत्र घाेषणा गरेकाे छ ।

