२०८३, कार्तिक १३ गते शुक्रबार

चप्पल गोदाममा आगलागी हुँदा निसास्सिएर पाँच जनाको मृत्यु

चप्पल गोदाममा आगलागी हुँदा निसास्सिएर पाँच जनाको मृत्यु


  • मेरोभ्यूज
  • माघ २८, २०७८ शुक्रबार

  • चप्पल गोदाममा आगलागी हुँदा निसास्सिएर पाँच जनाको मृत्यु

    दाङ । तुलसीपुरको एक घरमा गए राति भएको आगलागीबाट निसास्सिएर पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–उपमहानगरपालिका–५ का १४ वर्षीया साजिता खातुन, १४ वर्षीय हसन बकस, १६ वर्षीय मसिन बकस, ४० वर्षीय नअरदिन अली र ६ वर्षीय आविददिन अलि रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

    तुलसीपुर–५ ‘ङ’ लाइनस्थित चप्पल गोदाममा आज बिहान २ बजे आगलागी भएको हो । आगलागीलगत्तै उद्धार गरिएता पनि आगो नियन्त्रण बाहिर गएकाले निसास्सिएर मृत्यु भएको हो । आगो कम भएपछि बिहान साढे ७ बजेतिर शव निकालिएको हो । तीमध्ये घरको तेस्रो तलाबाट तीन र चौथो तलाबाट दुई जनालाई निकालिएको हो ।

    पाँचै जनाको निसास्सिएर मृत्यु भएको प्रहरीले बताएको छ । इरम फुटवेयर चप्पल गोदाममा आगलागी भएको थियो । विद्युत्को मिटर पड्किँदा आगलागी भएको प्रहरीले जनाएको छ । पहिलो तलाबाट आगलागी सुरु भएको र तेस्रो तला तथा दोस्रो तलामा सुतेका उनीहरुलाई आगो नियन्त्रणभन्दा बाहिर गएकाले उद्धार गर्न नसकेको बताइएको हो ।

    अहिले पाँचै जनाको शव परीक्षणका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयवासी, जनप्रतिनधिलगायत रातिदेखि उद्धारमा खटिए पनि आगो नियन्त्रण आउन नसक्दा मानवीय क्षति हुन पुगेको हो । यसैबीच पाँच जनाको निसास्सिएर मृत्यु भएपछि तुलसीपुर बजार शोकमा डुबेको छ ।

    तुलसीपुर उद्योग वाणिज्य सङ्घले आज शोकमा एक दिन बजार बन्द गर्ने निर्णय गरेको सङ्घका महासचिव विनिल केसीले जानकारी दिए ।


    प्रकाशित : शुक्रबार, माघ २८ २०७८०९:४५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार