२०८३, कार्तिक १३ गते शुक्रबार

बालकुमारी मन्दिरबाट हराएको मूर्ति खुमलटारमा भेटियो

बालकुमारी मन्दिरबाट हराएको मूर्ति खुमलटारमा भेटियो


  • मेरोभ्यूज
  • माघ २८, २०७८ शुक्रबार

  • बालकुमारी मन्दिरबाट हराएको मूर्ति खुमलटारमा भेटियो

    काठमाडाैं । ललितपुर महानगरपालिका–२७ को सुनाकोठीस्थित बालकुमारीको मन्दिरबाट हराएको मूर्ति फेला परेकाे छ । साे मूर्ति ललितपुरकै खुमलटारमा फेला परेकाे जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ । 

    हराएकाे मूर्ति खाेज्न ललितपुरका जनप्रतिनिधिसहितको टोलीले गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको नेतृत्वमा गृह मन्त्रालय गएकाे टोलीले मूर्ति चोरीको घटनालाई प्रमुख प्राथमिकता साथ खोजी तथा अनुसन्धान गर्न ज्ञापनपत्र बुझाएको थियाे ।

    यही माघ ८ गते राति पूरातात्विक महत्वको बालकुमारी माताको मूर्ति चोरी भएको थियो । मूर्तिलाई लगाई दिएको सुनका गरगहनामेत चोरी भएको थियो । 


    प्रकाशित : शुक्रबार, माघ २८ २०७८०९:२८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार