२०८३, कार्तिक १३ गते शुक्रबार

मलेसियाबाट विद्युतीय राहदानीको शुरुवात

मलेसियाबाट विद्युतीय राहदानीको शुरुवात


  • मेरोभ्यूज
  • माघ २७, २०७८ बिहीबार

  • मलेसियाबाट विद्युतीय राहदानीको शुरुवात

    काठमाडाैं । मलेसियाकाे क्वालालम्पुरस्थित नेपाली दूतावासले विद्युतीय राहदानीको लाइभ इनरोलमेन्ट शुरु गरेकाे छ । राेजगारीमा मलेसियमा रहेकाे नेपालीलाई लक्षित गर्दै विद्युतीय राहदानीकाे लाभइ इनराेल्मेन्ट शुरू गरिएकाे दूतावासले जनाएकाे छ । 

    वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा आई लामो समयदेखि सामान्य कामदारको रुपमा कार्यरत रही आफ्नो राहदानी नवीकरण गर्न आएका श्यामकुमार चौधरीको राहदानी नवीकरणको लाइभ इनरोलमेन्ट गरी कार्यक्रमको शुरुआत गरिएको थियो।

    राहदानी विभागबाट उनको राहदानी प्रिन्ट समेत गरेर सफलतासाथ परीक्षण गरिएको थियाे । दूतावासले पहिलो दिनमै ३३ जना व्यक्तिहरुको राहदानी नवीकरणको लागि लाइभ इनराेलमेन्ट गरेकाे थियाे । मलेसियामा २ लाख भन्दा बढी नेपालीहरु कार्यरत छन् । 

    शुरुको एक हप्ता सीमित सेवाग्राहीलाई अनलाइन बुकिङ्गको आधारमा सेवा प्रदान गर्ने र सो पश्चात नियमित रुपमा विद्युतीय राहदानी जारी गर्ने कार्यक्रम रहेकाे दूतावासले जनाएकाे छ।


    प्रकाशित : बिहीबार , माघ २७ २०७८१०:०५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार