काठमाडाैं । रुपन्देहीको सम्मरिमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) नेकपामाओवादी केन्द्रमा प्रवेश गरेका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा आज आयोजित एक कार्यक्रममा गाउँपालिकाका अध्यक्ष शुक्लासहित वडाध्यक्ष श्रवणकुमार यादवलगायतका जनप्रतिनिधि र विभिन्न राजनीतिक दलका कार्यकर्ता माओवादीमा प्रवेश गरेका हुन् ।
नवप्रवेशीलाई अध्यक्ष दाहालले पार्टीमा स्वागत गरेका थिए । सो अवसरमा अध्यक्ष प्रचण्डले माओवादीको विजय यात्रालाई रोक्न सकिँदैन भन्ने ठानेर विगतदेखि नै निकै ठूलो षड्यन्त्रअन्तर्गतका गतिविधि भइरहेकाले त्यसलाई रोक्न सबैको सार्थक पहल जरुरी रहेको बताए।

