काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मुलुकको आर्थिक समृद्धिका लागि रोजगारदाता र श्रमिकबीचको सुमधुर सम्बन्ध अपरिहार्य रहेको बताएका छन् । एकीकृत ट्रेड युनियन महासंघका पदाधिकारीसँग आज भएको छलफलमा उनले रोजगारदाता र श्रमिक बीचको असल श्रम सम्बन्धको विकास गरी राष्ट्रिय उत्पादकत्व वृद्धि गर्नुपर्नेमा जोड दिए ।
उनले श्रमिकको माग सम्बोधन गर्ने क्रममा औपचारिक तथा अनौपचारिक क्षेत्रका सवै श्रमिकलाई सामाजिक सुरक्षा प्रणालिमा समावेश गर्न लागिएको, श्रमिकका लागि विशिष्टकृत अस्पताल निर्माण गर्न लागिएको तथा श्रम विभाग, श्रम कार्यालयहरु र रोजगार सूचना केन्द्रहरुको संरचनागत सुधार गर्न लागिएको बताए ।
एकीकृत ट्रेड युनियन महासंघका पदाधिकारीले श्रम ऐन संशोधन गर्नुपर्ने, श्रम तथा कारखाना निरीक्षण प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने, न्याय प्रणालीलाई छरितो बनाउनूपर्ने, न्यूनतम पारिश्रमिक प्रभावकारी कार्यान्वयन हुनुपर्नेसहित ११ बुँदे मागपत्र पेश गरेका थिए ।

