२०८३, कार्तिक १४ गते शनिबार

नेताहरूकाे सक्रियता बढ्याे, प्रचण्ड भेट्न खुमलटार पुगे माधव नेपाल

नेताहरूकाे सक्रियता बढ्याे, प्रचण्ड भेट्न खुमलटार पुगे माधव नेपाल


  • मेरोभ्यूज
  • माघ २६, २०७८ बुधबार

  • नेताहरूकाे सक्रियता बढ्याे, प्रचण्ड भेट्न खुमलटार पुगे माधव नेपाल

    काठमाडाैं । स्थानीय तहकाे निर्वाचनकाे मिति घाेषणा, संसद् अवराेध, एमसिसी परियाेजना संसदबाट पारित गर्न तीव्र दबाब आएपछि दलका नेताहरूकाे सक्रियता बढेकाे छ । दलका शीर्ष नेताहरूले भेटघाटलाई बाक्लाे बनाएका छन् ।

    नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बुधबार बिहान खुमलटार पुगेर नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग भेटवार्ता गरेका छन् । नेता नेपालले स्थानीय तहमा चुनावी माेर्चा बनाउने विषयमासमेत छलफल गरेका थिए ।

    भेटवार्तामा स्थानीय तहकाे निर्वाचन, एमसिसी सम्झाैतालगायत समसामियक राजनीतिक विषयमा छलफल भएकाे खुमलटार स्राेतले  जनाएकाे छ । भेटमा अध्यक्ष नेपालले दाहालसँग केही दिनअघि बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र दाहालबीच भएकाे छलफलका बारेमा चासाे राखेका थिए । 


    प्रकाशित : बुधबार, माघ २६ २०७८०९:४९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार