२०८३, कार्तिक १३ गते शुक्रबार

भन्सार एजेन्टको परीक्षा फागुन २८ गते हुने

भन्सार एजेन्टको परीक्षा फागुन २८ गते हुने


  • मेरोभ्यूज
  • माघ २६, २०७८ बुधबार

  • भन्सार एजेन्टको परीक्षा फागुन २८ गते हुने

    काठमाडाैं । भन्सार ऐजेन्टको परिक्षा फागुन २८ गते हुने भएको छ। भन्सार विभागले ऐजेन्टको परिक्षा हुने नयाँ मिति तोकेको छ। विभागले लोक सेवा आयोगको कोभिड सम्बन्धि मापदण्ड पुरा गरी परिक्षा सञ्चालन गर्ने जनाएको छ। विभागले २०७७ चैत १६ गते सूचना जारी गर्दै ६ सय ६० जना भन्सार ऐजेन्ट माग गरेको थियो। कोभिडका कारण विभागले परिक्षा पटक पटक परिक्षा रद्ध गर्दै आएको थियो।

    विभागले परिक्षा केन्द्र भने पछि प्रकाशित गर्नेछ। यस्तै प्रवेशपत्र विभागको वेवसाइटबाट लिन सकिने जनाएको छ।लिखित परिक्षामा पास भएपछि अन्तर्वार्ता हुनेछ। अन्तर्वार्ता पास भएपछि नतिजा प्रकाशित भएको ९० दिनभित्र लाइसेन्सबापत ७ हजार र धरौटीबापत सात लाख रुपैयाँ भन्सार विभागलाई बुझाउनु पर्छ।


    प्रकाशित : बुधबार, माघ २६ २०७८०९:१३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार