२०८३, कार्तिक १४ गते शनिबार

कमल थापाले गरे राप्रपा परित्याग

कमल थापाले गरे राप्रपा परित्याग


  • मेरोभ्यूज
  • माघ २५, २०७८ मंगलबार

  • कमल थापाले गरे राप्रपा परित्याग

    काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टी परित्याग गरेका छन् । आज हेटौँडामा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीबाट अलग हुने घोषणा गरेका हुन् ।

    “अत्यन्तै भारी मन तथा पीडावोधका साथ मैले राप्रपाबाट अलग हुने निर्णय गरेको छु । पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृतिलाई सुधार गरेर मेरो बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने र पार्टीमै रमाउने उत्कट चाहना भए तापनि आफ्नो कुराको सुनुवाइ नहुने भएपछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएको हुँ” उनले पत्रकार सम्मेलनमा भने । 


    प्रकाशित : मंगलबार, माघ २५ २०७८०५:१९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार