२०८३, कार्तिक १३ गते शुक्रबार

माैसममा पश्चिमी वायुकाे प्रभाव कायमै, भाेलिदेखि पानी पर्न सक्ने

माैसममा पश्चिमी वायुकाे प्रभाव कायमै, भाेलिदेखि पानी पर्न सक्ने


  • मेरोभ्यूज
  • माघ २५, २०७८ मंगलबार

  • माैसममा पश्चिमी वायुकाे प्रभाव कायमै, भाेलिदेखि पानी पर्न सक्ने

    काठमाडाैं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले अहिले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही तराईका केही भू–भागमा हुस्सु– कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    आज दिउँसो प्रदेशन नं १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश नं १ का एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । रातिको समयमा पनि प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा मौसम आंशिकदेखि सामान्यतया सफा रहने छ ।

    देशका पूर्वी तथा पश्चिमी भू–भागका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ । काठमाडौँ उपत्यकामा विहानैदेखि बाक्लो तुवाँलो लागेको छ । विगत दुई दिनदेखि बिहानैबाट घाम लागेको भए पनि आज घाम नलागेकाले केही चिसो महसुस गरिएको छ । महाशाखाको पछिल्लो विवरणमा काठमाडौँको न्यूनतम तापक्रम पाँच र अधिकतम तापक्रम १६ दशमलव नौ डिग्री सेल्सियस रहेको छ ।


    प्रकाशित : मंगलबार, माघ २५ २०७८०९:३२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार