काठमाडाैं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्षकलम दाहाल (प्रचण्ड)ले अमेरिकी सहयाेग परियाेजना (मिलेनियम च्यालेन्ज कर्पाेरेशन)लाई लेखेकाे पत्र सार्वजनिक भएकाे छ ।
गत असाेज १३ गते एमसिसी बाेर्डलाई सम्बाेधन गर्दै लेखेकाे पत्रमा एमसिसी सम्झाैता कार्यान्वयनका लागि केही समय माग गरिएकाे छ । पत्रमा उनीहरूले एमसिसी परियाेजनाका बारेमा केही अस्पष्टता देखिएकाले नेपालमा राजनीतिक सहमति जुटाउन समय माग गरिएकाे प्रष्टीकरण दिएका छन् ।
उनीहरूले एमसिसी परियाेजना नेपालकाे हितमा रहेकाे भन्दै संसदबाट अनुमाेदन गर्ने प्रतिबद्धतासहित केही विषय सार्वजनिक चासाे बनिरहेकाले नेपालमा त्यससम्बन्धी साझा धारणा बनाउन आवश्यक रहेकाे बताएका थिए ।
बेलातय भ्रमणबाट फर्केपछि प्रधानमन्त्री देउवाले आफू र प्रचण्डले सम्झाैता संसदबाट पारित गर्ने भनी एमसिसीलाई पत्र लेखेकाे सार्वजनिक गरेका थिए । उक्त पत्र लामाे समयसम्म गाेप्य राखिएकाे थियाे ।
एमसिसी परियाेजनाका बारेमा नेपालमा जनस्तरबाट तीव्र विराेध भइरहेकाे छ । माओवादी केन्द्रभित्र पनि एमसिसीका सम्बन्धमा एकमत छैन । माओवादीले आठाैं राष्ट्रिय सम्मेलनबाट विशेष प्रस्ताव पारित गर्दै यथास्थितिमा एमसिसी पारित गर्न नसकिने जनाएकाे थियाे ।
सत्ता साझेदार माओवादी र नेकपा (एकीकृत समाजवादी)ले संशाेधन गरेर मात्र एमसिसी परियाेजना संसद् लैजानुपर्ने माग गर्दै आएका छन् । सत्ता गठबन्धनले एमसिसी सम्झाैताका बारेमा अध्ययन गर्न पूर्वप्रधानमन्त्री झलनाथ खनालकाे संयाेजकत्वमा नेता माओवादी नेता नारायणकाजी श्रेष्ठ र संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सदस्य रहेकाे अध्ययन कार्यदलसमेत बनाएकाे छ । कार्यदलले एमसिसीका विभिन्न सम्झाैताका बारेमा अध्ययन गरिरहेकाे छ ।
विद्युत प्रसारण लाइन निर्माण र सडक पूर्वाधारमा एमसीसी सहयोग आउने सम्झौता भए पनि अझै कार्यान्वयन हुन सकेको छैन । एमसीसी अन्तर्गतका आयोजनामा अमेरिकी सरकारले ५०० मिलियन अमेरिकी डलर (करिव ६० अर्ब रुपैयाँ) र नेपाल सरकारले १३० मिलियन अमेरिकी डलर लगानी गर्ने सम्झौतामा उल्लेख छ ।
परियोजना अन्तर्गत काठमाडौंको लप्सीफेदीदेखि नुवाकोटको रातमाटे हुँदै ४०० केभीको एउटा प्रसारण लाइन तनहुँको दमौली र त्यहाँबाट रुपन्देहीको बुटवलसम्म पुग्नेछ । सोही प्रसारण लाइनलाई भारतको गोरखपुरसम्म पु¥याउने लक्ष्य आयोजनाको छ । त्यस्तै अर्काे प्रसारण लाइन नुवाकोटको रातमाटेबाट मकवानपुरको हेटौंडा हुँदै ढल्केवर–दुहबी प्रसारण लाइनसँग जोडिने सम्झौतामा उल्लेख छ ।

